तेज डुम्रेल
´मेरो आमाले भनिन् बाबु त्यो ठेकेदारले काम गरेको पैसा दिनुको सट्टा भोलि दिउला/पर्सि दिउला भनेको बर्षाै भयो तैपनि बहाना बनाउने तर दिने होइन ! लाैन के गर्ने बाबु भनेर तप्प आसु खसालिन ! मैले त्यो ठेकेदारलाई सम्झाउने छु भने । ठेकेदारले पैसा हाकिम बाट नै नपाएको समस्या देखाए । हाकिमलाई पनि साेधे ।ठेकेदारले गुणस्तरीय काम नै नगरेकाले कसरी बिल भुक्तानी गर्ने नेता ज्यु ? प्रति प्रश्न मलाई गरे । माथि उल्लेखित घतलाग्दो कथा देशभरि देखिन्छ । जीवन यात्राका क्रममा नेपालका ६०/६५ जिल्ला पुगेको म पनि छु सरकार । देशभरि निर्माण योजनाका प्राय ठेकेदारले काम पाउने गरेका छन् कतिपयले ठेकेदारले राम्रो काम पनि गरेका हुन्छन् कतिपयले गुणस्तरीय गरेका हुदैनन् ।कार्यालयबाट गुणस्तरीय काम नभएको ठहर गर्दै बिल भुक्तानी हुदैन परिणामस्वरूप मेरा हजारौं साथीहरूका परिवारजनले पिडा भाेग्नु परेको छ । सबै तहमा हाम्रो नेकपा सरकार छ । त्यसकारण सबै तहका सरकारहरु गाेलमेचमा बसेर मजदुरलाई मालिक बनाउनेतर्फ लाग्नुपर्छ ।
सर्व साधारण मानिस व्यस्त राख्ने कार्यक्रम ल्याउने तर्फ लाग्नुपर्छ ।दाजुभाइ फुर्सदमा तास नखेल्ने वातावरण बनाउनेतर्फ सरकारले साेच्नु पर्छ ।अरुकाे आस नमान्ने नागरिक बनाउनेतर्फ सरकारले त्यस किसिमका कार्यक्रम ल्याउने लाग्नुपर्छ । एउटा सुदुरकाे नागरिक फेरि पनि माैलिक अधिकारका लागि काठमाडौं काे सिह दरबार वरपर धर्नामा बस्नु नपराेस ।फेरि पनि दुर दराज मा बस्ने नेपाली नागरिकले समस्या दर्साउन प्रधानमन्त्रि भेट्नु नपरोस् । किनकि हाम्रो सरकार भनेको नै मजदुर दाजुभाइहरुले बनाएको सरकार हो । संसारका मजदुर एक हाै भन्ने मुल नारा हामीसंग भनेपछि हामीले अब मजदुरलाई मालिक बनाउनेतर्फ ढिलो गरयाै भने मजदुरको नजरमा ती पिडित आमाहरुकाे नजरमा अन्य पार्टी जस्तै हामी उस्तै ठहरिन्छाै । त्यसकारण सरकार हिम्मत गर ।जनमुखी निर्णय गर ।हरेक नेपालीलाई मजदुरबाट मालिक बनाउन लाग । यसका लागि सर्वदलीय बैठक चाहिन्छ भने पनि बाेलाउन हिम्मत गर । विज्ञहरु राख । सुझाव सल्लाह सहितको दस्तावेज हामीसंग पनि छ ।मजदुरलाई कसरी मालिक बनाउने शुत्र म संग पनि छ । त्यसकारण अझै समय छ सरकार ।हाम्रो यो लेखलाई सुझावकाे रुपमा लिएर अघि बढ ।भविष्य हामी सबैको उज्ज्वल हुनेछ ।हामीले पटकपटक दुई तिहाइ सरकार हाक्नु छ । सडकमा पाेखिएका कतिपय जायज मागलाई सम्बाेधन गरि दिन पछि पर्नु हुदैन । अवसरबाट बन्चित युवाले विदेश जानुपर्ने ,विशिष्ट व्यक्तिको स्वास्थ्य उपचारका लागि पनि विदेश जानुपर्ने तर विशिष्ट फर्केर नेपाल सकुशल पुग्छन् मेरा कैयौं साथीहरू विदेशीए,,अहिलेसम्म फर्केका छैनन,कतिपय साथीहरू जाेखिम काम गर्ने क्रममा ज्यान गुमाउने गर्छन् ।कतिपय साथीहरू अहिलेसम्म पनि ज्यानको बाजि लगाएर दुईचार पैसाको लागि लडिरहेका छन् । कतिपय साथीहरूले ले राम्रो कमाइ पनि गरिरहेका छन् । यसरी हेर्दा नेपाली दाजुभाइहरु आखिरमा काम नपाएकाले न हुन विदेश ताक्ने ! त्यसकारण ठूलाठूला परियोजना अघि बढाउन हिम्मत गर सरकार । पश्चिम सेती कहिले बन्ने । अनि मजदुरको रुपमा मेरा आमाबुबा/दाजुभाइ कहिले मजदुर बन्ने ।कमाइकाे केही पैसाले कहिले शेएर हाल्न पाउने । अनि मजदुरबाट कहिले मालिक बन्न पाउने । मैले तास खेेलेर बसेका केही युवा साथीहरूलाई सम्झाए । ``काम छैन फुर्सदमा के गर्ने सर ।काम छैन यसाे टाइम पास । बरु सरकारलाई कामका लागि ,विकासका लागि ,योजनाका लागि भनि दिनुस ।हामी अहिले नै यो जुवातास कुलतमा बस्दैनाै´´ क्वारेन्टाइनमा बस्ने दाजुभाइकाे साथी माेबाइल बन्यो ।फुर्सद थियोे ।माेबाइलले क्वारेन्टाइन सहज बनाएको पनि थियोे ।धेरै कम मान्छेले सृजनशिल काम गरे ।
कम मानिस मात्रै सृजनशिल हुने गर्छन् ।त्यसकारण सरकार सबै नेपालीलाई सृजनशिल हुने कार्यक्रम ल्याउन ढिलो नगर । जति धेरै सृजनशिल मानिसहरु उत्पादन हुन्छन् उति धेरै तारिफ गर्ने हुनेछन् ।सबैभन्दा तारिफ मैले गरि दिनेछु । किनकि मजदुरलाई मालिक बनाउनेतर्फ लाग सरकार ।हिम्मतका साथ अघि बढ भन्ने म पनि हु । मानिसको दैनिक जीवन बहुउद्देश्यीय बनाेस,दाजुभाइका दिमागले बेग्लै साेच्न बाध्य वातावरण नहाेस ।व्यस्त वातावरणमा अनेक थरिका साेचहरु पैदा हुदैनन् । कामका आधारमा,सिपका आधारमा अनि फरक क्षमताका आधारमा र लगानीका आधारमा मजदुरलाई पनि मालिक बनाउन सकिन्छ कि भन्ने मुल आशय हो सरकार । सकारात्मक साेचले एक दिन सफलता हासिल हुनेछन् । हामीले १८/२० बर्ष अघि साेचेका अनि थालेका अभियानमा अहिले सफलता मिल्यो ।खुशी लाग्छ ।विकास विस्तारै हुन्छ । तर पश्चिम सेती जस्तो विस्तारै भइ दियो भने जनताका माझमा समस्या हुन्छ । त्यसकारण सरकार भाैतारियका असंख्य मजदुरलाई मालिक बनाउनेतर्फ लाग सरकार । हाम्रो दुई तिहाइ सरकार अर्को चुनावपछि पनि हुनेछ ।बरु थालनी अहिले गर,अर्को पटक मजदुर मालिक बन्नेछन् । एउटा विरुवा हुर्काउन समय लाग्छ ,पछि बिरुवा अटाेमेटिक हुर्केको हुन्छ भन्या जस्तै हो सरकार ।
मजदुरलाई मालिक बनाउनु नै हम्मेहम्मे पक्कै हुन्छ तर पनि सिष्टम बसाल्न थाल्यौं भने सजिलो पनि हुनेछ । जस्तैः २० बर्षपछि चालकले चलाउने गाडी हस्तान्तरण गराै ।त्यो भएको खण्डमा एकातिर चालकले गाडी २० बर्ष पछि भए पनि मेरो हो ठान्छ ,मालिक भएको कल्पना गर्छ,गाडी सुरक्षित चलाउने भएपछि जाेखिम पनि कम हुने भयो । त्यसकारण सरकार म फेरि पनि लेख्छु ।मजदुरलाई मालिक बनाउने दर्जनौं विधि छन् हिम्मत गर ।जिवन्त सरकार बन्नेछ ।अघि बढ ।मजदुरले सरकारलाई असल अभिभावक मात्रै होइन भगवान् ठान्ने छन् । लेखक : नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) डाेटिका जिल्ला सदस्य हुन