नेकपाको केन्द्रीय समिति बैठक सुरु भएको छ । राजधानीको कार्की ब्याङ्केटमा बैठक सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा रहेका शीर्ष नेताका साथै केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्नेसम्बन्धी प्रस्ताव पेश हुने तथा अन्य महत्वपुर्ण निर्णयहरु हुने जनाईएको छ । बैठकअघि ओली इतर समूहको स्थायी समिति बैठक समेत बसेको थियो ।