सर्वसाधारण मान्छेलाई चुनावमा मासुभात खाने अनि भाेट हाल्न सक्छन् नठान्दा हुन्छ,जनता तपाईं/हामी नेता कार्यकर्ता भन्दा १० गुणा चलाक भइसकेका छन् ,सामाजिक संजालले गर्दा घर घरमा लगभग सबैले साक्षरता हासिल गरेका दाजुभाइ तथा दिदीबहिनी छन् ,मासुभात तथा मदिरा भएको भान्सा भए पनि भाेट अर्कोतिर जान सक्छन् ,अबको चुनावमा नाेटले किन्न मिल्ने भाेटर छैनन् ,पैसाको खाेलाे बगाएपछि पनि राजनीति भविष्य सुनिश्चित नहुन सक्छ, तपाईं चुनावमा हेलिकप्टरबाट पैसा छर्न सक्नु हुन्छ हाेला तर त्यो पैसा टिपेर जनता अर्कोलाई जिताउन सक्छन् ,जनता स्वयं सक्षम भइसकेका छन् ,यद्यपि सबै नेपालि अमेरिकी नागरिक जस्तो पढलेख नहाेलान,तैपनि घरमै बसेर अमेरिकी चुनावी प्रकृया चाहन्छन् ,राजनीतिमा अमेरिकी जनता भन्दा निकै चासो चिन्ता राख्न एक कदम अघि छन् नेपाली दाजुभाइ ।त्यो मात्र होइन ,वर्तमान राष्ट्रपतिको गैरसंवैधानिक कृयाकलाप देखेर अब हामीलाई कार्यकारि राष्ट्रपति नेपालमा चाहिन्छ भन्ने आवाज बढेका देखिन्छन् ,काम चलाउ राष्ट्रपति प्रणालिबाट जनता वाक्क दिक्क भएका छन्
वास्तविक जनताको स्वार्थ वडामा पाहुना घर होस,मठमन्दिर हाेस,पिच नभए पनि सजिलैसंग घरमै पुग्ने माेटर बाटो तथा सडक हाेस,धारामा पानी हाेस,खेतबारीमा सिचाइ ,समयमै मल तथा बिउ बिजनकाे व्यवस्थापन हाेस,नेताहरूका छाेराछाेरि पढ्ने स्कुलमा जनताको छाेराछाेरि पढ्ने वातावरण हाेस,नेताले पनि उपचार गर्न मिल्ने डाक्टर एवं स्वास्थ्यकर्मी भएको हेल्थ पाेष्ट हाेस,घर घरमा इन्टरनेट वातावरण हाेस,सार्वजनिक स्थलमा बत्ति तथा 4 जि इन्टरनेट हाेस,गाउँमै lme हाेस,बेला बेला तपाईंहरुकाे समस्या के छ भनेर फाेन गर्ने सकेसम्म भेटघाट गर्ने नेता चाहिएको छ,जनताका दुख केही उस्तै छन् ,काेभिड-19का कारण बेरोजगार युवाको माेबाइलमा ५० रुपैयाँ ब्यालेन्स छैन ,नेताबाट त्यो आस गरेको भए पनि भन्न सकेका छैनन,किसान दाजुभाइले नेताबाट हलाे जाेत्ने आस गरेका छैनन् ,मजदुरले भारि बाेकि रहेका बेला म बाेकेर एकछिन सहयोग गर्छु भन्ने जनमुखी याेद्वा खाेजेका छैनन् ,केवल समाजको विकासका लागि बजेट भए पुग्छ,पछिल्लो समय सामाजिक काममा कसैलाई( काचो ) अर्थात् चन्दा तिर्नुपर्ने पैसा हुदैन त्यो सम्बाेधन गरि दिए पुग्छ, किन्न नसक्ने जनताका छाेराछाेरिलाई बर्षमा कापीकलम एवम् एकसरो लुगाफाटो किनि दिए पुग्छ,आफुले लगाएको जाकेट दिए पनि खुशी हुने सज्जन दाजुभाइ छन् ,दुख परेको बेला सहयोग गर्न सक्ने यदि सहयोग गर्न नसक्ने भए सम्झाउन सक्ने भए पुग्छ,जनताका आसुमा आसु हासाेमा हासाे मिलाउने नेता चाहियो,
नेताबाट जनताको धेरै आशा छैन केन्द्रीय राजनीति जस्तो झैं झगडा गर्दैनन् ,दारु चेउणिका कारण झैझगडा भए पनि २४ घण्टा भित्र फेरि मिल्न सक्छन् ,एक अर्कोलाई क्षमा दिन सक्छन् केन्द्रीय राजनीति जस्तो फाेहरि राजनीति गाउँमा हुदैन,किनकि केन्द्रीय राजनीतिमा अत्यधिक स्वार्थ देखिन्छ,गाउँमा दाजुभाइ अत्यधिक सरल र साेझा छन् ,त्यसकारण रिचार्ज एवम् जाकेट भन्दा पनि सामाजिक विकास निर्माणकार्य बाहेक अरु केही खाेजेका छैनन् ,समाज परिवर्तन भए पुग्यो ,सबैलाई न्याय भए पुग्यौं,सबैलाई नमस्कार के खबर भनेर पटकपटक सम्झि दिए पुग्यो,जनता यसमै खुशी देखिन्छन् ,कतिपय ठाउँमा विकास गरि नसके तापनि जनताका दुख हेरि दिए पुग्यो,सुनी दिए पुग्यो,जनप्रतिनिधिले विकास गर्न नसकेकोमा क्षमा गर्नुस दाजुभाइ भनी दिए पुग्यो,किनकि हामी नेपालीकाे बिषेशता भावनात्मक सम्बन्ध निकै मजबुत देखिन्छ ।
एउटा मेचिकाे दाजुकाे टाउको दुखाइकाे बिषय अर्को महाकालीको भाईलाई सर्ने गर्छ,सहयोग गर्ने मन भएको तर पैसा नभएकाे अवस्थामा पनि ऋण झिकेर सहयोग एवं चन्दा दिने हिम्मत गर्छ,एकछाक नखाए पनि गाउँमा पुगेको पाहुनालाई निशुल्क खाना दिन्छ,तर शहरमा पुगे नगद नतिरी खान पाउदैनन् ,अझै पनि जनता हदैसम्म साेझा पनि छन् ,गाउँमा मासुभात खुवाएर चुनाव जिताएर पनि विकास तथा योजना नपाउने दाजुभाइ छन् ,यतिसम्म कि चुनावमा जित हासिलपछि योजना हाल्न सकेन,सम्मानपुर्वक तपाईंहरुले सित्तैमा मासु/भात खुवाउनु भयो माफ गर्नुहाेला फाेन गरि सम्झाउन सकेका छैनन् ,मासु भात खाएको गाउँ फर्केका छैनन् ।तर गफ मात्रको योजना लिएर गएपनि दाजुभाइ तथा दिदीबहिनी मासुभात मात्र होइनन् माला लगाएर पठाउने गर्छन् ,परिणामस्वरूप चुनावमा जितेपछि तपाईं काे हो ? चिन्दैन भनेपछि नेतादेखि छक्क पर्छन् ।जनताको घरमा १ जनालाई जागिर दिन सकियोस् ,घरेलुु उधाेग धन्दा खाेलेर लगभग सबैलाई कलकारखानामा काम हाेस ,जे चाहन्छन् त्यसको ५०% काम भए पनि गरि दिने नेता चाहियो ,जनता बाकी ५०% आफै गर्न सक्छन् ,किनकि कागजकाे अनुदानमा बाच्ने मात्रै जनता छैनन् कामकाे उचित मुल्यांकन,सिपकाे सम्मान र कलाकाे संरक्षण भए पनि जनता खुशी देखिन्छन् ।समाजमा राम्रो काम गर्ने जाे काेहिलाई सरकारि जागिर दिन नसके तापनि कला ,सिप क्षमताको मुल्यांकन गरि प्रसंसा पत्र दिन सक्यो भनेपनि सरकार ठिकठिकै गर्दैछ ठान्छन् ।नेता एवं सरकारले नै जनताको कुरा काटन थालेपछि जनता भनेका भेडा हुन भन्न थालेपछि जनताको मन अर्को चुनावसम्म फेरि त्यो मासुभात पाकेको सामुहिक चुलोमा फेरि आगाे बल्ने छैन ।नचिताएकाे पार्टीले फेरि चुनावमा जित हासिल गर्न सक्छ,