नेपालको कम्युनिस्ट आन्दोलन सिध्याउने ध्येयका साथ खड्गप्रसाद ओलीले नेकपा फुटाएका छन् । हुँदाखाँदाको दुई तिहाइ जनमतलाई खण्डित पारेर उनले नेपाली जनतालाई धोका मात्रै दिएका छैनन् । उनले नेपालीको भविष्यमाथि समेत तातोपानी खन्याएका छन् । नेपाली जनताको विकास, समृद्धि, आर्थिक उन्नति तथा विकासको चाहनालाई जङ्गबहादुर शैलीमा खण्डित गरिदिएको छ । गणतन्त्रको पक्षमा रत्नपार्कमा नारा लाग्दा उनै खड्ग ओली बालकोट हवेलीमा बसेर भुटेको काजु खाँदै आन्दोलनकारीलाई गाली गर्थे । नेपालमा गणतन्त्र आउनु र बयलगाडा चढेर अमेरिका पुग्नु उस्तै हो भन्ने खड्ग ओलीले शिशु गणतन्त्रको घाँटी निमोठ्ने काम गरेका छन् ।
विशेषगरी खड्ग ओलीको गलत कार्यशैली र रवैयालाई लिएर सुरु भएको घरझगडालाई लम्ब्याउन, तन्काउन र सकेसम्म विभाजनको मुखमा धकेलेर आफ्नो स्वार्थ सिद्ध गराउन एउटा गिरोह नै लागिपरेको थियो । उक्त गिरोह परिचालन गर्न स्वयं खड्ग ओली नै परिचालित थिए । उनले आफूबाहेक अरू सबै बेठीक तथा अरू सबै चरित्रहीनको आरोप लगाएका छन् । सत्ताको चास्नीमा नराम्ररी भुलेका उनले पार्टी फुटे पनि फुटोस तर आफ्नो पद भने जानु हुँदैन भन्ने शैलीमा व्यवहार देखाएका थिए ।
राजनीतिक विश्लेषकहरू भन्छन्, विचारमा फरक पर्ने बित्तिकै शत्रु करार गर्ने, गद्धारको बिल्ला भिराइदिने र हुने नहुने सबै आरोप लगाएर राजनीतिक भविष्य नै सिध्याइदिने ध्याउन्नमा ओली र उनको सचिवालयमा रहेका स्वाँठहरू लागिपरेका छन् । बालुवाटामार हरेक दिनजसो हुने अराजनीतिक छलफल त्यसैको परिणाम हो । पार्टीभित्र विचारधारात्मक सङ्घर्ष हुन्छ । अन्तरद्वन्द्व पनि हुन्छ । वैमस्यता पनि बढ्छ, त्यसलाई समाधान गर्ने जिम्मेवारी लिएको मान्छे नै बिग्रेको परिस्थिति सपार्न लाग्नेभन्दा पनि थप भड्काउन लागिपरेको छ । गए झटारो, आए आँपको शैलीमा ओली जसरी भए पनि आफू पदमा रहरिहने, पार्टी, देश र जनता भाडमा गए पनि केही फरक पर्दैन भन्ने शैलीमा प्रस्तुत भएका छन् । कोही कसैलाई गन्दै नगन्ने, लोकतन्त्रको सारभूत मूल्य र मान्यताका रूपमा रहेको बहुलको निर्णय नै नमान्ने शैली उनले प्रदर्शन गरेका छन् ।
पार्टी, संसदीय दललगायत सबैमा अल्पमतमा परेपछि बहुमत पक्षलाई जिम्मा लगाउनुको साटो ओलीले शीतल निवासको आडमा प्रतिनिधि सभा नै भङ्ग गरिदिए । सबैतिर अल्पमतमा परेका ओलीको नाजायज कदमलाई शीतल निवासले पनि लाहाछाप लगाइदियो । ओलीको पछिल्लो गलत कदमको चौतर्फी विरोध भएको छ । सडकमा नारा लागेको छ । तर कथित गुट भेला गरेर आगामी निर्वाचन जुन कहिले हुन्छ भन्ने ठेगान छैन, त्यसमा पुनः दुई तिहाइको हवाई कल्पनाको प्रसार गरिएको छ । राजनीतिक विश्लेषकहरू भन्छन्, ओलीको हैसियत अब सीपी मैनालीभन्दा ठूलो नहुने देखिएको छ ।
आगामी फागुन ३ गते खड्ग ओली नेतृत्वको सरकार गठन भएको तीन वर्ष पूरा हुन्थ्यो । यसबीचमा जनताको पक्षमा के निर्णय गरियो र के काम भयो भनेर स्वतन्त्र मूल्याङ्कन गर्ने हो भन्न लायक र सम्झन लायक कुनै पनि काम देखिँदैन । बालुवाटारमा बसेर षड्यन्त्र, जालझेल तथा भ्रष्टाचार गर्नुबाहेक सरकारको नाममा अरू कुनै पनि सकारात्मक विषय नै पर्न सकेको छैन् । मानिसमा चरम निराशा फैलिएको छ । जनताको शक्ति भनिएको नेकपाले चरम दक्षिणपन्थी शैलीमा सरकार चलाइएको थियो । परिवर्तनका सारा एजेन्डा मृतप्रायः भएका छन् । आशा जगाउनेभन्दा पनि निराशा बढाउने काममा मात्रै सरकार प्रयत्नशील छ ।
मानिसहरूका चाहना र अपेक्षामाथि कुठाराघात गरेर ओली सरकारले दिन कटाउने र समय गुजार्नेभन्दा अरू कुनै पनि काम गर्न सकेको छैन । तथ्य र प्रमाणहरू भन्छन् खड्ग ओलीले पार्टी, देश र जनताको हितभन्दा आफ्ना चाटुकार केही सीमित मान्छेको हितमा मात्रै काम गरे । जसका कारण मानिसमा निराशाको मात्रा बढेर गयो । राजावादीहरूलाई फैलने र मौलाउने वातावरणसमेत ओलीले नै तयार पारे । गणतन्त्रविरुद्ध निराशा फैलाउने काममा उनी लागिपरे । जनताको पक्षमा कुनै पनि काम नगरेका कारण नागरिक आहात भए । अपेक्षा र चाहनामाथि तातो पानी खन्याएर ओलीले आफूलाई आफैँ राज्य र आफू नै कानुन भएको घमण्ड गरे । आफू नै सर्वेसर्वा भएको नाटक गरे । विधि कुल्चिए, पद्धति कुल्चिए । जनताका हित र देशकको आवश्यकतालाई तिलाञ्जली दिए ।
मानिसमा निराशा बढ्नुको पछाडि पनि सोही कारणले काम गरेको छ । बालुवाटारको चार दिवारभित्र बसेर ओलीले आफ्ना सहयोगीलाई पार्टी नेतृत्वविरुद्ध मोर्चाबन्दी गर्न भड्काए । गलत गर्नेलाई कारबाही होइन बरु पुरस्कृत गर्दै गए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार भनिएका सूर्य थापाहरूले पार्टी नेतृत्वविरुद्ध पँधेर्नी शैलीमा गरेको गाली गलौज त्यसैको परिणती हो । विष्णु रिमालहरूले पार्टी अध्यक्षविरुद्ध गरेको विषवमन त्यसैको उपज हो । पार्टी भनेको विपरीतहरूको एकत्व हो । पार्टी भनेको फरक फरक सोच र चिन्तनको साझा प्रतिबिम्ब हो । त्यसैलाई नै ओलीले खण्डित गर्न खोजको तथ्यहरूले पुष्टि गरेका छन् । राम्रो हुँदा मैले गरेको, मेरो नेतृत्वले गरेको भन्दै घमण्ड गर्ने, कुनै पनि गलत काम भयो, आलोचना भयो भने सरकारलाई काम गर्न दिइएन, पार्टी लागेन र पार्टीले कुनै पनि सहयोग गरेर भन्दै रोइलो गर्ने र शीर्ष नेतृत्वविरुद्ध तल्लो स्तरमा उत्रेर गाली गर्ने प्रवृत्ति ओली र उनको गुटमा हाबी छ ।
सरकारप्रति निराशा पैदा भयो, जनताको पक्षमा काम गर्नुपर्छ भन्ने चेत ओली र उनको गुटमा बिल्कुलै देखिँदैन् । उखान टुक्का सुनाएर, नेतृत्वलाई गाली गरेकै भरमा छुट पाइन्छ भन्ने मानसिकतामा ओली देखिएका छन् । गणतन्त्र प्राप्तिको आन्दोलन चलिरहँदा बालकोटको हवेलीमा बसेर भुटेको काजु खाँदै बयलगाढा चढेर अमेरिका पुगिँदैन भन्ने ओली र उनको गुट यतिबेला जनताले लडेर स्थापित गरेको व्यवस्थालाई नै चुनौती दिने गरी भएको गैरकानुनी र गैरसंवैधानिक हर्कतलाई सहज बनाइदिन लागेको छ । राजावादीहरूले गरिरहेको व्यवस्थाविरोधी प्रदर्शन त्यसैको उपज हो । ओलीको कार्यशैलीका कारण व्यवस्थाविरुद्ध नै नकारात्मक भाव सिर्जना भएको छ । संविधान विपरीत गएर संसद विघटन गरिनुसमेत त्यसैको उपज हो ।
अब ओलीलगायतका दरबारियाको एउटा समूह बन्ने छ । यस्तै, क्रान्तिकारी, परिवर्तनकारी शक्तिको अर्को समूह तथा काँग्रेसलगायतको अर्को समूह बन्ने अवस्था सिर्जना भएको छ । सर्वहारा वर्गको अग्रदस्ता भनिएको वामपन्थी सरकारले आफ्नो चरित्र देखाउन सकेन । राज्ययन्त्रमा अराजकता मौलाएको छ । जनताको जीवनस्तरमा कुनै परिवर्तन आएको छैन । रोग, भोक र शोकले नागरिक ग्रस्त छन् । कोरोनाका कारण सर्वस्व लुटिएका मानिसलाई राहत दिनेतर्फ कुनै सिन्को भाँचिएको छैन । बरु राजस्वको लक्ष्य पूरा गर्ने नाममा करको बोझ थोपरिएको छ । अवैध धन्दा मौलाएको छ । कालोधनको संरक्षण भएको छ । अपराध कर्ममा लागेकालाई थप प्रोत्साहित गरिएको छ ।
राजनीतिक विश्लेषकहरू भन्छन्, विचारमा फरक पर्ने बित्तिकै शत्रु करार गर्ने, गद्धारको बिल्ला भिराइदिने र हुने नहुने सबै आरोप लगाएर राजनीतिक भविष्य नै सिध्याइदिने ध्याउन्नमा ओली र उनको सचिवालयमा रहेका स्वाँठहरू लागिपरेका छन् । बालुवाटामार हरेक दिनजसो हुने अराजनीतिक छलफल त्यसैको परिणाम हो । पार्टीभित्र विचारधारात्मक सङ्घर्ष हुन्छ । अन्तरद्वन्द्व पनि हुन्छ । वैमस्यता पनि बढ्छ, त्यसलाई समाधान गर्ने जिम्मेवारी लिएको मान्छे नै बिग्रेको परिस्थिति सपार्न लाग्नेभन्दा पनि थप भड्काउन लागिपरेको छ । गए झटारो, आए आँपको शैलीमा ओली जसरी भए पनि आफू पदमा रहरिहने, पार्टी, देश र जनता भाडमा गए पनि केही फरक पर्दैन भन्ने शैलीमा प्रस्तुत भएका छन् । कोही कसैलाई गन्दै नगन्ने, लोकतन्त्रको सारभूत मूल्य र मान्यताका रूपमा रहेको बहुलको निर्णय नै नमान्ने शैली उनले प्रदर्शन गरेका छन् ।
पटक पटक पार्टीले सर्वसहमतिका आधारमा गरेको कुनै पनि निर्णयलाई ओलीले कार्यान्वयन गरेका छैनन् । राजनीतिक कोणबाट हेर्दा, ओलीको त्यो शैली चरम अवसरवाद र गुटपरस्त प्रवृत्ति हो । उनले आफू कानुन मान्दिनँ, पार्टी मान्दिनँ, विधि र पद्धतिलाई स्वीकार गर्दिनँ भनेर जुन हर्कत देखाए र प्रतिनिधि सभा विघटन गरे, त्यसले सबैभन्दा हानी उनैलाई गरेको छ । अब ओलीको इतिहासको गर्तमा फालिनेछन् । उनको पछाडि लागेकाहरू रुँदैरुँदै नेकपाको मूल घरमा फर्किनेछन् । आज ओलीको पछाडि लागेकाहरूले समेत राजनीतिक भविष्य सिध्याएका छन् । किनकि मूल नेकपा प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपा नै पार्टीको मूल घर हो । आज नेकपाभित्रको विवाद अग्रगमन र पश्चगमनको लडाइँ हो । नेकपाभित्रको सङ्घर्ष क्रान्ति र प्रतिक्रान्तिको लडाइँ हो । यो विचार, सिद्धान्त र अग्रगमन चाहने र नचाहनेबीचको सङ्घर्ष हो ।
राजनीतिक रूपमा हेर्दा, प्रचण्ड– माधव नेपालहरूले क्रान्तिको झण्डा बोकेका छन् भने ओली र उनको गुटले दक्षिणपन्थी अवसरवादको सेवा गरेका छन् । यही दुई प्रवृत्तिबीचको सङ्घर्ष हो, यतिबेला देखा परेको विवाद । गणतन्त्रका नाममा, कम्युनिस्टको नाममा, प्रगतिशीलको नाममा ओलीले राजावादीलाई फस्टाउने, मौलाउने वातावरण तयार पारिदिएका छन् । सामन्तवादको नाइकेलाई राम्रो, गतिलो एवं मलिलो वातावरण बनाइदिएका छन् । पछिल्ला दिनमा देशभर भएका राजावादी प्रदर्शन त्यसैको उपज हो । उनीहरूले व्यवस्थाविरुद्ध गरेको प्रदर्शनलाई निरुत्साहित गर्नुको साटो झनै फैलने, मौलाउने अवसर उनै ओली र उनको सचिवालयको व्यवहार, चिन्तन र कार्यशैलीले प्रदान गरेको छ । आज देशका तीन तहको सरकारमा नेकपाको झण्डै दुई तिहाइ मतसहितको उपस्थितिलाई भारतीय खुफिया एजेन्सीको योजनामा भताभुङ्ग बनाइएको छ ।
आज ओलीका कारण नै राज्यका तीनवटै तहका बीचमा कुनै समन्वय हुन सकेको छैन । जनताको पक्षमा कुनै पनि काम भएको छैन । जनताले सरकार भए नभएको महसुससमेत गर्न पाएका छैनन् । जनताले परिवर्तनको मीठो फल चाख्न पाएका छैनन्, बरु उडन्ते गफ र उखान टुक्काको वर्षा मात्रै भइरहेको विषम अवस्थालाई स्वीकार गर्न बाध्य छन् । किसानले खेती गर्ने मौसममा मल पाएका छैनन् । कोरोना पीडितले सरकारको तर्फबाट सामान्यभन्दा सामान्य राहतसमेत पाएका छैनन् । यही जिम्मेवारीबोधको अभावमा आज व्यवस्थाविरुद्ध नै धावा बोल्ने कुचेष्टा भएको छ ।
ओली र उनको गुटले स्थायी कमिटी र महाविधेशनपछिको सबैभन्दा सर्वोच्च निकायको रूपमा रहेको केन्द्रीय कमिटीबाट हुने निर्णयलाई स्वीकार गर्न छाडेर एक्लै हिँड्ने हर्कत गरे । भारतीय खुफियाको योजनामा पार्टी छाडेर हिँड्न लागे । आफू मात्रै सबै थोक हो भन्ने बालहठबाट ओली नराम्ररी पछारिएका छन् । आफू पछारिएको उनलाई थाहा छैन । जब काचलाऊ प्रधानमन्त्रीबाट ओली फालिनेछन् । तब उनको वास्तविक हैसियत थाहा हुने राजनीतिक विश्लेषकहरू बताउँछन् ।
साभार