समानान्तर सरकार,जनमुखी एजेन्डा र नेपाली जनता मानिस रहरले सडकमा बस्दैनन,धर्नामा बस्दैनन,नेपाल सरकारको ध्यानाकर्षण गराउन कहिलेकाहीँ किसान त कहिलेकाहीँ दलहरु सडकमै बस्ने गरेका छन् ।विभिन्न मागहरु राखेर सरकारको ध्यानाकर्षण गराउन बाध्य परिस्थिति बन्छ ,त्यो बेला राजनीति दल,किसान तथा कुनै समुह पटकपटक धर्नामा बस्ने गरेका छन् ।मैले पनि दिपायल राजधानीका लागि ६५ दिन रिले अनसन बसेको अनुभव बटुल्ने माैका पाए ।
डाेटेलि जनताको दाेहाेराे चरित्रका कारण रिले अनसन साेचे जस्तो हुन सकेन कारण धेरैलाई जहा अस्थाई राजधानी हुन्छ त्यो ठाउँमा नै राजधानी हुने भएकोले रिले अनसन तथा धर्नाकाे अर्थ छैन भन्दै थिए तर माटोको मायाले ऐतिहासिक अवसर गुमाए भाेलि जन्म भुमिकाे सराप लाग्न सक्छ भनेर मैले आमरण अनसन नभए पनि रिले अनसनलाई निरन्तरता दिए ।मलाई सुरुकै दिन जनप्रतिनिधि एवं शिखर नगर पालिका प्रमुख सिताराम जाेशिले साथ दिए ।हुदाहुदै अन्तिममा सुदुर पश्चिम प्रदेका मा.मुख्यमन्त्री त्रिलाेचन भट्टले समेत साथ दिनु भएको थियोे ।हजारौं मानिसले मसंग तस्बिरहरू लिएका थिए ।
राजधानी दिपायलका लागि मैले जानेसम्म सबै अभ्यास गरेको थिए ।डाेटेलि जनतालाई तत्कालीन क्षेत्रीय कार्यालय ताेडफाेड होइन कि रिले अनसन तथा मुख्य बजारमा बस्ने सरकारलाई चुनाैति दिने भन्दै थिए तर तराई भए पनि ठिकै छ,दिपायल भए पनि ठिकै छ,भन्ने पनि मानसिकता रहेछन् मुल कारण तराईमा पनि जमिन भएकोले सुविधा पनि भएकोले उतै भए पनि ठिकै भन्ने साेच देखिन्थे ।ती सरल साेच एकातिर तत्कालीन कठपुतली सरकारकाे गलत निर्णय र साेच अर्कोतिर भयो ।परिणामस्वरूप दिपायल राजधानी माछि माछि भ्यागुतो भयो ।अबको आन्दोलन झन् निर्णायक भएन भने सडकमा बसेर धर्नाले पनि केही हुने वाला छैन ।सबै सडकमा रिले अनसन बसाै ।पुस १५ देखि रातदिन समय तालिकाअनुसार कार्यक्रम तय गराै ।
गुम्दै गरेको गणतन्त्रको सबै दलबल मिलेर रक्षा गराै । नेपालमा नियाेजित तरिकाले संघियतालाई खारेजी गर्ने गलत खेल राज्यबाट भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै साझा एजेन्डालाई लिएर सडक नजिकै भएको घरको आगनमै भए पनि रिले अनसन बसाै ।त्यो पनि भएन भने राज्यले कुकर्म विरुद्ध समानान्तर सरकार गराै ।यहाँ छाया सरकारले पनि केही गर्न सक्दैन भन्ने प्रमाणित नेपाली काङ्ग्रेसका कृयाकलापबाट भएको छ,त्यसकारण छाया सरकार होइन अब सके आमरण अनसन नसके रिले अनसन,त्यो पनि नभए सरकारलाई ठाेस च्यालेन्ज दिन समानान्तर सरकार गठन गरि त्यस प्रकारका निति तथा कार्यक्रम हामीले अघि सार्नुपर्ने देखिन्छ ।
ठूलाठूला भिडमा काेभिड-१९ काे खतरालाई मध्यनजर गर्दै सडकमा समानान्तर कृयाकलाप एवं रिले अनसन जस्ता कार्यक्रममार्फत सरकारलाई अहिलेसम्मकै ठूलो च्यालेन्ज दिन सकिन्छ भन्ने मेरो बुझाइ छ ।जब सम्म वर्तमानमा सरकारले संसद ब्युताउने तर्फ लाग्दैन तबसम्म हामीले रिले अनसनदेखि समानान्तर सरकार एक्टिभिटी छाेडनु हुदैन ।असननकाे पावर डाक्टर गाेविन्द केसिबाट सिकेका छाै भने समानान्तर सरकारको पावर तत्कालीन माओवादी केन्द्रबाट हामीले सिकेका छाै ।त्यसकारण हामी नेपाली दाजुभाइलाई यो सल्लाह आत्माका लागि अमृत समान हुनेछ ।
अबको आन्दोलन एवम् जनमुखी एजेन्डा भनेकै रिले अनसन र समानान्तर सरकार गठनको हुनुपर्छ भन्ने हो ।होइन भने हिटलर छनक देखाउन थालेको वर्तमान केपी ओलि सरकार साच्चिकै हिटलर बन्न सक्छ ।त्यसकारण बैलैमा दलहरुले उचित कदम चालाै ।विश्व इतिहासबाट यस्ता पाठ सिकाै ।जस्तै भारतीय तत्कालीन सरकारलाई महात्मा गान्धीले केवल सरकारलाई असहयोग आन्दोलन गरेको परिणामस्वरूप भारतमा रहेको राज गरेको बेलायती एवम् विदेशी सरकार पछि हटेको थियोे ।