आज ८ मार्च अनतराष्ट्रिय महिला दिवस, महिला प्रति सम्मान, प्रशंसा अनि पे्रम प्रकट गर्ने दिन । महिलाले आर्थिक, राजनैतिक र सामाजिक उपलब्धिको हासिल गर्न सुरुवात गरेको दिन हो । किनकी महिलाले हमेशा एक श्रमिकको रुपमा, एक जननीको रुपमा, एक अच्छा नागरिकको रुपमा आफ्नो भुमिका पुरै निष्ठाको साथ निर्वाह गरेका छन्। नारिहरुमा असिमित शक्ति अनि क्षमता विधमान हुन्छ । व्यवहारिक जगतको सबै क्षेत्रमा नारिले कैयौं महत्वपूर्ण किर्तिमान स्थापित गरिसकेका छन्। आफ्नो अद्भुत साहस, अथक परिश्रम तथा दुरदर्शी वुद्धिमताको आधारमा विश्वमय आफ्नो पहिचान बनाउन सफल भएका छन्। मानविय संवेदना, करुणा बात्सत्य जस्ता भावले परिपूर्ण अनेक नारिले युग निर्माणमा आफ्नो अविस्मरणीय योगदान दिएका छन्। आज हामिले राष्ट्रिय तथा अन्तराष्ट्रिय सबै नारिहरुको सम्मान गर्नु पर्दछ जसले युग निर्माणमा आफ्नो अभुतपूर्ण योगदान दिएका छन्। तर विडम्बना यो छ की जब नारी सम्मानको ठेस पु¥याइन्छ, भोट दिने अधिकारबाट बंचीत गरिन्छ, नारीको शोषण गरिन्छ, नारिलाई एक वस्तुको रुपमा चित्रण गरिन्छ भने स्मरण रहोस्नारी बस्तु होइनन्जननी हो ।
संसारमा जति पुरुषको योगदान छ त्यो भन्दा नी अधिक योगदान नारीको छ । अन्तराष्ट्रिय महिला दिवस सुन्नमा राम्रो लाग्छ । जब यस मुद्दामा विचार गर्दा मनमा एक सवाल अवश्य जन्मिन्छ । आखिर के यस्तो दिक्कद थियो जो अन्तराष्ट्रिय स्तरमै महिलाहरुलाई सम्मान दिनको लागी एक दिनको घोषणा गर्नु प¥यो ? के यसको उद्देश्य सुरुवात देखी नै केवल महालाहरुको सम्मान दिन थियो ? या महिलाहरुले संघर्षको मैदानबाट आफ्नो अधिकार प्राप्त गरेको दिनबाट यस दिवस मनाउन सुरु गरे । हो वास्तवमै महिलाहरुले विश्वभरी नै आफ्नो अधिकार र आफ्नो सम्मान पाउनको लागी भयंकर चुनौतीको सामना गर्नु प¥यो । अन्तराष्ट्रिय महिला दिवस एक मजदुर आन्दोलनबाट जन्मिएको हो । यसको विजारोपण सन्१९०८ मा भएको थियो । जब १५ हजार महिलाहरुले अमेरिकाको न्यूयोर्क शहरमा मार्स निकालेर नोकरीमा कम घण्टाको माग गरेका थिए । यसको अलवा वेतन बढाउने र भोट हाल्न पाउने अधिकारको पनि माग गरेका थिए । त्यसको एक वर्ष पश्चात सोसलिष्ट पार्टि अफ अमेरिकाले राष्ट्रिय महिला दिवस घोषणा ग¥यो । जस्को योजनाकार क्लारा जेटकिन भन्ने एक महिला थिइन ।
सन् १९१० मा क्लारा जेटकिनले डेनमार्कको कोपोहेगनमा कामकाजी महिलाहरुको एक अन्तराष्ट्रिय सम्मेलनको दौरानमा महिला दिवसलाई अन्तराष्ट्रिय स्तरमै मनाउने सुझाव दिइन जहाँ १७ देशका सयौं कामकाजी महिलाहरु उपस्थित थिए । ती सबै महिलाहरुले क्लारा जेटकिनको सुझावको समर्थन गरे । सन्१९११ मा अष्टे«लिया, डेनमार्क, जर्मनी र स्वीजरल्याण्डमा अन्तराष्ट्रिय महिला दिवस एक साथ मनाउन सुरु भयो । यसरी त्यो प्रथम अन्तराष्ट्रिय महिला दिवस थियो । यसको अलवा १९१७ मा प्रथम विश्व युद्दको दौरान रुसी महिलाहरुले परिसानी भएर व्रेड एण्ड पिस (खाना र शान्ती) को मुद्दा लिएर विरोध प्रदर्शन गरे । यो विरोध यति संगठित थियो की सम्राट निकोलसले आफ्नो पद छोड्न बाध्य हुनु प¥यो । यसको अलवा यहाँ महिलाहरुलाई भोट हाल्न पाउने अधिकार पनि मिल्यो । रुसी महिलाले जुन दिन हड्तालको सुरुवात गरेका थिए त्यो दिन व्गष्बिल ऋबभिलमबच मा २३ फेब्रुवरी थियो तर न्चभनयचष्बल ऋबभिलमबच मा ८ मार्च थियो । त्यसै दिन बाट ८ मार्चको दिन अन्तराष्ट्रिय महिला दिवस मनाउन थालियो । सन्१९७५ मा महिला दिवसको आधिकारिक मान्यता दिइएको थियो, त्यो वेला सम्म संयुक्त राष्ट्रले वार्षिक तौरमा एक थिमको रुपमा सुरु गरिसकेको थियो । पहिलो थिम थियो ः– “सेलिब्रेटिब द पाष्ट एण्ड प्लानिब फर द फ्यूचर” भन्ने थियो ।
अन्तराष्ट्रिय महिला दिवस मनाउनुको उद्देश्य समयको साथ समाजमा महिलाहरुको स्थीतिमा परिवर्तन ल्याउनु हो । जब १९ औं शताब्दीमा यसको सुरुवात भएको थियो तब महिलाहरुमा मतदान गर्ने अधिकार प्राप्त भएको थियो । तर अब समय परिवर्तनको साथ यसको उद्देश्य महिला र पुरुषमा समानता बनाई राख्नु सबैभन्दा महत्वपूर्ण उद्देश्य बनेको छ । आज पनि दुनियाँमा कैयौं हिस्सा यस्तो छ जहाँ महिलाकोसमानताको अधिकार छैन । नोकरीमा महिहरुले पदोउन्नतीमा बाधाहरुको सामना गर्नु परेको छ । रोजगारीको क्षेत्रमा महिला आज पनि पिछडिएका छन्। केही देशमा आज पनि महिला शिक्षा र स्वास्थ्यबाट बंचित भएका छन्। महिला हिंसा अझै विध्यमान रुपमा जकेडिएर रहेको छ ।
राजनितिक परिपेक्षमा अझै पनि महिलाहरुको स्थीति पुरुषको भन्दा पछाडि नै छ । महिलाहरुको आर्थिक स्तर पनि पछाडि नै रहेको छ । महिला दिवस मनाउनुको अर्को उद्देश्य महिलाहरुको यस दिशामा जागरुक भई भविष्यमा प्रगतिको मार्ग तयार गर्न र नितिनिर्माणकै निर्णायक स्थानमा महिलाहरु आफै पुग्नु पनि हो । सन्१९११ बाट कैयौं देशमा एक साथ मनाउन सुरु गरिएको अन्तराष्ट्रिय महिला दिवस सन्२०२१ सम्म आइपुग्दा १११ औं अन्तराष्ट्रिय महिला दिवस मनाइदैछ । सन्१९९६ बाट अन्तराष्ट्रिय महिला दिवस लगातार कुनै निश्चित थिम र एक नयाँ उद्देश्य साथ मनाउँदै आइएको हो । सन्२०२० को थिम थियो,“क्ष् बm न्भलभचबतष्यल भत्रगबष्तिथ स् च्भबष्शिष्लन धयmभलुक चष्नजतक।” सन्२०२१ को थिम छ,“ध्यmभल ष्ल ीभबमभचकजष्उ स् ब्अजष्भखष्लन बल भत्रगब िागतगचभ ष्ल ब अयखष्म(ज्ञढ धयचमि।” अन्तराष्ट्रिय महिला दिवसको अवसरमा नेपालको नारा रहेको छ ः– “महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार ।”
लेखक : लक्ष्मी उप्रेती सुदुरपश्चिम प्रदेश,आलिताल ७ डडेल्धुरा