- तेजबहादुर डुम्रेल
गाउँबाट तरकारी बेच्न बजार पुगेकि महिला सिधै हाेटल गएर दिशा,पिशाव गर्न सक्दैनन् ,कतिपय महिला बजार पहिलोपटक पुगेकाले पनि फ्रेस हुन हाेटल भन्दा नदि छेउ सार्वजनिक धारा हेर्छन् ,डाेटि जिल्ला सदरमुकाम सिलगढि बजारमा ठाउँ ठाउँमा खानेपानी धाराहरु छन ,तर ती धारा नजिकै घुम्ती शाैचाय भई दिए महिलालाई ठूलो राहत हुने गाउँदेखि सिलगढि पुग्नु भएका महिलाहरुले बताए । धेरै जसाे हाेटलमा मालिक/मजदुर पुरुष हुने भएकोले पनि महिलाहरु धारा,टवाइलेट छ भनेर लजाउने रहेछन,बाल्यकालमा सायलदेखि दिपायल पहिलोपटक पुगेको बेला त्यो दिन सम्झे,खास के थियो भने बेच्न ल्याएका आलू डाेकाे पुल बजार नजिकै पिपल चाैतारिमा राखे,साझकाे बेला बिजुली झिलिमिलि थियोे ,नजिकै हाेटल थियो ,मागेर पानी खान लजाएका गाउँका मान्छे नदि छेउ पुगे,पछि मलाई पनि नदि छेउ पालैपालो गरि गयौं ।
त्यो बेला भन्दा अहिले केही परिवर्तन नभएको होइन , ग्रामिण भेकका महिला फ्रेस हुन हाेटल प्रवेस गर्छन् ,नभए दुख सहेर बस्ने गरेका छन भन्दा कतिपयलाई विश्वास लाग्दैन ।सुदुर पहाडी जिल्लामा बढी समस्या यहीँ देखिन्छ ,पानी बढी पिए पिसाब फेर्न जानुपर्छ भनेर पानी नपिउने पनि गर्छन् ,परिणामस्वरूप महिला स्वास्थ गम्भीर हुदै जान्छ,सुदुर पहाडी जिल्लाका महिलाहरु दिनमा २४ घण्टामा १८/१९ घण्टा घर धन्दा गर्ने गर्छन् ,तैपनि बेरोजगार हुन्छन् बाध्य भएर बारिमा फलेको तरकारी दाल नखाई बेच्न ल्याउने गर्छन् ,बजारिय भाषा अहिलेसम्म परिवर्तन छैन ,ओइ डाेकाे ,ओई आलु,ओई साइले,,,समेत भनेर हेप्नेले पानी खाउ,दिशापिशाव गर ,बिचरा थालेका छाै खाना खाउ कसैले भन्दैनन,बरु बेच्न बचेकाे सित्तैमा दिएर जान्छन् ती महिलालाई आफ्नो टवाइलेट देखाउन सक्दैनन् महिलाले महिलाको समस्यामा खिल्ली उडाउने गर्छन्,स्थानीय रहन/सहनकाे सम्मान हुदैन तर तिनै पाउडर लगाएकि महिलालाई ग्रामीण भेकका महिलाले हाकिम ठान्छन् ,गाउमा बस्न दिन्छन् ,खाएको सुतेको दिनु पर्दैन ,बजारमा पुगे तिनै महिलालाई नदेखेको जस्तो गर्छन् ,देखेपछि पनि घरमा पाहुना छन् नत्र यहीँ बस्न हुन्थ्यो भनेर सुरुमै बहाना बनाउन सफल हुन्छन् ,गाउँका महिला भन्दा बजारका असाध्यै बाटा हुने अधिकार दिवसमा अघि सर्ने गर्छन् ।
ग्रामीण भेकका महिला बजारबाट गाउँ पुगेका महिलालाई सक्कली स्वागत गर्छन् ,आफू र बालबालिकालाई आटाे/ढुटाे खान दिएर ती गाउँ पुगेकि शहरियालाई मिठो मसिनो पकाएर दिन्छन् ,यी यस्ता झिनामसिना जस्ता बिषयमा पैरवी अर्थात् समन्वयात्मक भुमिका भएको देखिएन ,महिला जनप्रतिनिधि पनि छन् ,उहाँहरूलाई मैले यी समस्या बताए ,हुन्छ भन्ने तर परिणाम कहिल्यै देखिएन,घुम्ती शाैचालयका लागि करोडौं बजेट चाहिन्छ भन्ने छैन । ग्यारेजमा थन्किएका गाडीबाट बनाउन सकिन्छ भनेर स्थानीय तहका उपाध्यक्षहरुसंग अनुरोध गरेको छु,दिपायल सिलगढि नगर पालिका प्रमुख मन्जु मलासि संग अनुरोध गरेको छु,माननीय पुर्णा जाेशि र अर्चना गहजरात संग गरेको छ,काठमाडौं गएकाे राष्ट्रपति विधादेवि भण्डारीलाई पनि यहीँ अनुरोध गर्नेछु ।