तेजबहादुर डुम्रेल
डोटी जिल्लाकाे पुर्वि चाैकि गाउँ पालिकामा रेन्बो ट्राउट जातको माछा पालनको सम्भाव्यता अध्ययन सफल छ । जिल्लाको पुर्वि चाैकि गाउँपालिकामा पहिलो पटक रेन्बो ट्राउट माछा पालनको अध्ययन गरिएको हो । डोटीको पुर्वि चाैकि साजघाट पुगेको मत्स्य अनुसन्धान केन्द्रको विज्ञ टोलीले गरेको एक अध्ययनबाट रेन्बो ट्राउट जातका माछा पालनका लागि सो क्षेत्र उपयुक्त भएको केन्द्रका विज्ञ निर्मल खातीले जानकारी दिए ।
रेन्बो ट्राउट माछा पालनका लागि हावापानी मिल्ने र राम्रै उत्पादन हुने खातीको भनाइ छ । ‘चिसो र बहाव भएको पानीमा पालन गर्न सकिने रेन्बो ट्राउट माछालाई पालनका लागि सबैभन्दा राम्रो माछाका रूपमा लिइन्छ । चिसो पानीमा पालिने भएका कारण यसको स्वाद समेत विशिष्ट किसिमको हुनुका साथै निकै राम्रो आम्दानी पनि हुन्छ’, उनले भने,
‘चिसो पानीमा हुर्किने र हुर्काउनलाई पनि खासै मिहिनेत नचाहिने भएकाले यो माछालाई आम्दानीको प्रमुख स्रोतका रूपमा लिइने गरेको छ ।’ रेन्बो ट्राउट माछा शून्यदेखि २१ डिग्री सेन्टिग्रेड तापक्रममा बाँच्न सक्छ । यसको राम्रो वृद्धिका लागि १० देखि २० डिग्री सेन्टिग्रेड उपयुक्त मानिन्छ, जो तापक्रम यस पुर्वी चाैकि गाउँ पालिकामा भएको उनको भनाइ छ । नेपालमा रेन्बो ट्राउट माछा पालन सन् १९८९ बाट ुुरु गरिएको र जापान सरकारले तत्कालीन अवस्थामा ५० हजार माछाका भुरा नेपाल पठाएको थियो । नुवाकोट जिल्लाको त्रिशूलीमा परीक्षण उत्पादनका लागि राखिएको थियो भने उत्पादन भएका रेन्बो ट्राउट माछा बेचबिखन गर्न सन् १९९७ देखि सुरु भएको थियो ।
रेन्बो ट्राउट माछा बजारमा ठाउँअनुसार प्रति किलो १ हजार ५०० देखि २ हजार रुपैयाँसम्म पर्ने गरेको छ । ट्राउट माछा फागुन, चैत महिनादेखि बिक्री वितरण गर्न योग्य हुने माछा पालन व्यवसायी लीलाधर विष्टले जानकारी दिए । स्थानीय बजारमा बिक्री वितरण हुन नसके पनि भारतबाट माछाको माग आइसकेकाले बजारको समस्या नहुने उनको भनाइ छ । यस पुर्वि चाैकिमा पहिलो पटक गरिएको परीक्षणमा रेन्बो ट्राउट जातका माछा पालन उपलब्धिमूलक हुने देखिएपछि स्थानीय साजघाटका किसान हर्षित भएका सामाजिक अभियन्नता तेजबहादुर डुम्रेलले बताए । यसअघि डोटीको जोरायल गाउँपालिकामा पहिलो पटक रेन्बो ट्राउट माछा पालन सुरु गरिएको थियो । सायलमा दाेस्रो पटक रेन्बाे ट्राउट माछापालन सुदुर पश्चिम सरकारको सहयोगमा भइरहेको साजघाट पुगेका सामाजिक अभियन्नत डुम्रेलले बताएका छन् ।खप्तड वरपरका पालिकाहरुमा रेन्बाे ट्राउट माछापालन हुन सक्ने उच्च सम्भावना रहेको रेन्बाे ट्राउट विज्ञ निर्मल खातिले बताएका छन् ।
राेचक कुरा दिपायल सिलगढि नगर पालिका क्षेत्र भित्र पर्ने कम पानी भएको उडिताेला खाेलामा समेत उक्त अध्ययन गरिएकाे थियोे ।परिणाम सायल पुर्वी चाैकि र उडिताेलाकाे माछापालन लागि हावापानी सेम उस्तै भएपछि राष्ट्रका योगदान जिल्ला संयोजक एवं उडिताेलाका स्थानीय दिपक हर्षित भएका छन् ।कृषिमा क्रान्ति ल्याउन यस किसिममा अध्ययन गरिएको सामाजिक अभियन्नता डुम्रेलले बताएका छन् ।यो समय किसानलाई हाैसला प्रदान गर्न सबै तहका सरकारले सहयोग गर्ने समय हो ।स्थानीयहरु बताउँछन्