नेपाली कांग्रेसका युवा नेता गगन थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरूङमा हालेको बताएका छन् । उनले यस्तो महामारीमा यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिँ र यत्तिमै रोकिने वाला नभएको नेताहरुलाई अलमलिन अपिल समेत गरेका छन् ।
सामाजिक संजालमा ट्वीट गर्दै नेता थापाले देशभक्त सबै नेताहरुलाई सचेत नागरिकको साथ लिएर राष्ट्रपति तथा प्रधानमन्त्री विरुद्ध सम्पुर्ण शक्तिका साथ प्रतिरोध गर्नुपर्ने उल्लेख गरेका छन् । नेता थापाले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीप्रति ईगिंत गर्दै ‘न संविधान मन परेको थियो, न संसद, विघटन, विश्वासको मतको नाटक ७६ (३) को सरकार गठन, विश्वास लिनुको सट्टा ७६(५)को सरकार गठन, आव्हान अनुकुल नभएपछि फेरी विघटन, कस्तो सेटिंग प्रक्रिया त देखाउन मात्र थियो, यिनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो, लिए भन्दै कडा आपत्ती जनाएका छन् ।
उनले ट्वीटमा भनेका छन् : खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद१विघटन,पुनर्थापित संसदको अपमान,विश्वासको मतको नाटक,७६९३०को सरकार गठन,विश्वास लिनुको सट्टा ७६ (५) को आव्हान,अनुकुल नभएपछि फेरी विघटन ! कस्तो सेटिङ, प्रकृया त देखाउन मात्र थियो, यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो । लिए !