घण्टेश्वर मन्दिर जोरायल क्षेत्र, बासमतिझुलेको
भुलेको छैन बुडर हुदै आलीताल डुलेको ।
शिरमाहाम्रो त्यो बड्डी केदार, आशिर्बाद दिलाउने
बुडर नजिक छतिवन ताल पर्यटक लोभ्याउने ।
जोसिना झरना घुमेर हेर्दा, मनै त्यो रमाउने
हरियो फाँट प्रकृति राम्रो सारै नै सुहाउने ।
चुरेको क्षेत्र वन पैदावर, संरक्षीत बनाउने
सहजपुर बसी सुन्तला खाँदा पेटै अघाउने ।
परसुरामधाम महाकालीनदी, सललवगेको
तपस्वी ज्ञानी ऋषीले यँहा तपस्या गरेको ।
अन्नवाली, तरकारीखेती, फलफुलको भण्डार
लेक, वेसी, खोच र टार अनि छन् जंघार ।
वैशाखको महिना काफलखाई वसौला सितल
हरीण, मृग, बदेल, बाँदर खेल्दछन चितल ।
मौरीको मह, राउटे बस्तीयही ठाउको चिनारी
बनाउनु पर्छ हामीले अझै यो ठाउलाई सिँगारी ।
अनौठो यो दलदले जमिन तेले लेकमा पाईने
अमृतजन्य यो जडीबुटी पानीमा खाईने ।
माडा, डुक्पा, फुली खाजा विशेष परिकार
मेला, पवर्, जात्रा र पुजायँहाको संस्कार ।
डेउडा, सुस,ु ठाडीभाका गीत यहा गाइने
भस्सु हुड्के चौलो नाच यहा हेर्न पाइने।
कविता लेखक : राजन लुुईटेल
हाल गौरीशंकर मा वि गैरा डोटी मा कार्यरत शिक्षक हुनुहुन्छ