तिमि बिरासतलाई सम्मान गर्छौ,
म ईतिहासलाई बदल्नुपर्छ भन्छु"
आँखीर दुबै समय न हुन।
तिमि यथास्थितिलाइ माया गर्छौ,
म परिवर्तनको निम्ति लडछु"
आँखीर दुबै सोच हुन।
तिमि सुचनालाइ बेखबर बनाउछौ,
म बिचारलाई सम्मान गर्छु"
आँखीर दुबै मौलिक हक न हुन।
तिमि लोकाचार र देखावटिलाई रुचाउँछौ,
म वास्तविकता बुझाउँन खोज्छु"
आँखिर दुबै व्यबहार न हुन।
तिमि बर्तमानलाई अंगिकार गर्छौ,
म भविष्यमा जिवन देख्छु"
आँखिर दुबै सपना न हुन।
तिमि फुलमाथि गोबर हाल्छौ
म फुलको जरामा मललाई हाल्छु"
आँखीर दुबै विधि न हुन।
तिमि झिँगाको संगत गर्छौ,
म मौरिलाई मित्र जिव ठान्छु:
आँखिर दुबै किरा न हुन।
तिमि के गरेर के हुन्छ भन्छौ
म के गरेर के हुँदैन भन्छु"
आँखिर शैली न हो।
तिमि सम्पत्तिलाई औषधि ठान्छौ,
म सम्पत्तिलाई अफिम ठान्छु"
आखिर दुबै नसा न हुन्
तिमि सहिदलाई स्मारक ठान्छौ,
म सहिदलाई ज्यूँदो मानिस ठान्छु"
आँखीर हेर्ने आँखा न हुन।
तिमि षडयन्त्रलाई संस्कार ठान्छौ,
म माकुरो को जालो ठान्छु"
आँखिर दुबै उल्जन न हुन।
तिमि केहि नभएकालाई माग्ने ठान्छौ,
म उसलाई असाय भन्छु"
आँखिर दुबै मानव न हुन।
तिमि प्राण आफनो लागि ठान्छौ,
म अरुको लागि शरिर ठान्छु,
आखिर दुबै जिवन न हुन।
तिमि सन्तुष्टिमा आफुलाई रमाउछौ,
म असन्तुष्टिमा आविष्कार देक्छु,
आखीर दुबै प्रकृया न हुन।,
तिमि लाचार भई घुर्क्याउँदै बस्दा,
म घिसार्दै गन्तव्य देखउउँछु,,
आखीर दुबै हिँडने तरिका न हुन।
तिमि जात र पहुँच लाई पेशा बनाउँछौ,
म क्षमताको रोजगार लाई सुरक्षित ठान्छु,
आखिर दुबै बाँच्ने आधार न हुन।
तिमि भ्रष्टाचारीको छातिमा माला देख्छौ,
म भ्रष्टाचारिको हातमा हतकडि देख्छु,
आखिर दुबै लगाउने चिज न हुन।
तिमि राराको पानिमा लेउ देख्छौ,
म तालमा स्वच्छ कमलको फुल देख्छु,
आखीर दुबै पानिमाथि रहने वस्तु न हुन।
तिमि आँखा चिम्लिए पछिको हेराई भन्छौ,
म बिहान आँखा खुल्दाको देखाई भन्छुु,
आवखीर दुबै सपना न हुन।
तिमि मानव चोलामा जुनि परिवर्तन देख्छौ,
म जड पदार्थमा रुपान्तरण देख्छु,
आँखीर दुबै परिवर्तन न हुन।
लेखक : राजन लुईटेल
हाल गौरीशंकर मा वि गैरा डोटिमा अध्यापनरत शिक्षक हुनुहुनछ।