प्यारो बाजे,
नाती म सरल मिलनसार अनी एउटा बिशाल मुटु अदम्य साहस लिई समयको गतिसँगै बाँचेको छु । म जन्मेको साढे ६ बर्ष नपुग्दै मेरो प्राणभन्दा प्यारो बाजे स्वर्गबास हुनुभएको छ र म कोमल निर्झर झरना जस्तो चोखोमन मुटु लिएर बाँचेको छु । हुनत स्वभाबैले बालकहरुको मुटु निश्चल, निर्दौष, छलकपट विहिन र पवित्र नै हुन्छ । भनिन्छ जिवनमा विशाल दुःख कष्टका पहाडहरुलाई सम्याउने परिवर्तन ल्याउन आँधी बेहेरीसंग जुझ्दै मिठो सपना संगालेको म नाती आज बाजेको निधन पछि बेसाहारा भएको छु । वास्तवमा सानै भएपनी बाजेको एकमात्र साहारा रुपी जिवन म एक नाती मात्रै थिए बाजे र नाती एकअर्का प्रति असाध्यै समझदार र सहयोगी थियौ यसै क्रममा असिमित अठोट र लक्ष बोकेको म नाती यसै समय क्रममा, असिमित अठोट र लक्ष्य बोकेको म नाति आफ्नै सोचाईमा डुबिरहेको छु । किनकी त्यसबेला बाजेले भन्नुभएको थियो कि, तिम्रो बुवा २००७ सालमा नै विदेश गएको र कहिले काहि यता कता स्वदेश पनि आउदै गरेको थियो । तर पछि उ त आउनै छोड्यो, कुरो के रहेछ भने बिचरो विदेशी तक्मा भिर्ने रहरै रहर र बहादुर कहलाउने मनसायले मात्रै नभएर गाउँकै साहु सामन्तिको दबाबलाई सहन नसकी आफ्नो पापी पेट र जीउनको खाँतिर पनि विदेशिएको रहेछ । समयको अन्तराल सँगै त्यही एउटा धनमाथीको राती गेडी रुपी छोरो पनि विदेशिकै सेवा खातीर परमधाम भएको खबर सुनाउदै अनायासै आखाँभरी आसुपारी भक्कानिदै बाजेले मलाई अतितको त्यो दुःखदायि सुनाउनु भएको थियो । त्यस दिन देखी म नाती भनाउदो पनी झिनो आशा र मिलन चेहरामा मिठो सपना र मृदमुस्कान छाड्दै बाँचेको छु ।
धेरै बर्ष विदेशिको चाकरी गरेपनी वाक्क नभएका मेरा बुवाले भन्नु हुन्थ्यो रे , मेरा छोरा पनी यसैगरी जिउन सिकोस किन भने यो त प्रवृत्ति र नियति नै बनिसकेको छ । यस कुराले मेरो दिमागमा अचानक चट्याङ परेझै भयो , मैले सोचै, अब त बाजेको पनी धेरै दिन छैन, छोरालाई माया दिन नपाउदै प्यारो बाबुभने धेरै समय अगाडी बिदा हुनु भएका भन्ने कुराहरु एक एक गरी झरनाझै छङछङ र नदिझै नागबेली बनि मेरो मानसपटलमा बग्न थाल्यो । तसर्थ मैले नया विचार र नया संसार मेरो दिमागमा सजाउन थाले । त्यसको केही समय पछि सेकेण्ड मिनेटमा, मिनेट घण्टामा हुदै दिन, बार, हप्ता, महिना र बर्ष गर्दै बाजेको पनी बाजेले धर्तिबाट चिहाएर बाजेलाई पनि बोलायो अनि बाजे पनि सकि नसकि मनले नमान्दा नमान्दै पनि मलाई बाल्याअबस्थामै छोडेर उतै तिर जानु भयो ।
जाबो म एक बालक कतिनै कुरा जान्दथे र ? तैपनी वहाले मलाई छोडी जान मन नभएपनी यमराजको निम्तो अनिवार्य भएकाले छोडीजान बाध्य हुनुभो । केहिदिन नसकेपनी वहाले मलाई स्मरण स्वरुप जिवनमा कामलाग्ने केही सिप, जागर अनी विचार छोडी जानुभो । म बालक, सोचाई पनी बालक जेनतेन मैले अफुलाई जिवित राख्दै हातमुख जोड्दै समयलाई ब्यबस्थित गर्दै थिए एक दिन अचानक मेरो गाउँमा आधिँबेहेरी आयो र सारा बस्तिहरु उजाडी दियो, हाहाकार मच्चियो, त्यसै बिचमा भुकम्प चलेर सारा जमिन धुजा धुजा पारीदियो, अभाब छायो, अनिकाल लाग्यो बस्ति उजाडी दियो । हुनत मेरो बुबाले भन्नुहन्थ्यो रे आपत परे मागेर पनी बाच्नु, त्यही सिको सिकेर मैलेपनी माग्न सुरु गरे माग्दा–माग्दा कहीत मलाई यति जवान भुसतिघ्रे गरीखान नसकेर माग्दै हिड्छस् ? भनेर पनी गाली गर्दथे । तैपनी २÷४ पैसा दिनुहोस भने पश्चात रित्तोहात भने फर्काउदैनथे ।
यसरी मेरो जिवनको दिनचर्या मागेरै ब्यतित गर्न थाले । एकदिन अचानक मलाई बाजेको याद र सम्झनाले मेरो विचारको क्यानभास भित्र मरुभुमिमा पानीको तिर्खाले सताएको मान्छेले पानी पाए जस्तो र उँटलाई क्याक्टस भेटेजस्तो कता कता हराएको बस्तु नै फेला परेको भान भएर मेरो भावना र प्यारो बाजेको विचारलाई तुलनात्मक रुपले जोख्न पुगे म, तैपनी मेरो हृदयको बेदनालाई धुन सकिन । आजसम्म त जेनतेन धेर्यताका साथ बाँचेको थिए अब त त्यही धैर्यता र साहस पनि बाजेको यादले टुटाई दियो । बाजे, तपाई भन्नु हुन्थ्यो माटोपनी सुन हुन्छ रे, शरिरपनी एक दिन माटो हुन्छ रे, तर आज दुबै विचमा म तराजु लिएर नापीरहेछु, जोखिरहेछु । तपाई त मलाई छोडेर गइहाल्नु भो तपाईलाई त यि सबै भौतिक बस्तु, सांसारिक प्रलोभन, माया र जिवनसंग त सरोकार छैन तैपनी मैले मेरो हकमा जे भोगिरहेछु त्यो अत्यन्त अनौठो, चुनौतीपुर्ण र अनन्त छ । बास्तवमा समयलाई इतिहासले पनी लखकाट्न सक्दोरहेनछ, यि सबै दुर्दशाबाट टाढीनु तपाईको लागी पूण्य मिल्यो होला किनकि तपाईले लगाएको बगैचामा रंगीचंगी फूलहरु त फूलेकै थिए । अझै यसमा त अनेकन रुपभएका ढेडु बाँदरले पनी यिनै फूलबारीमा फूलहरु मात्र होइन फलहरुपनी खाएर स्वाद लिइरहेका छन् ।
तपाईले भन्नुहुन्थ्यो यो फूलबारीलाई खान नदिई मास्न नदिई मलजल गरेर हुर्काउनुपर्छ तर आज यसमा त केहिमा किरा लाग्यो केहि जिवजनावरले खाए केहि कोपिलामै झरे । हजुरले बिसाउने चौताराहरुमा पिपलको बोट मासिएको छ, बरको रुख टाढिएको छ, हजुरले पुजागर्ने मन्दिरमा झ्याऊ पलाएको छ, पिउने पानीमा अनेकन तत्वहरु मिसीएर नुहाउन लाएक पनी भएको छैन । हजुरले लगाउने दौरा, सुरवाल आज सुट र टाईमा बदलिएको छ । हजुरले गाउने गितमा बिदेशि धुन गुञ्जिएको छ । बनै उज्यालो बनाउने लालिगुराँस भिरपाखामा ओइलाएको छ । बोल्ने भाषामा धोद्रो स्वर र खिचडी मिसिएको छ । मायालु हेराईको सट्टा रिस, डाहा र आक्रोस भरिएको छ । हजुरले पढ्ने गिता र माहाभारत पनि सिद्धान्त र बादमा रुपान्तरित भएको छ, यहाँ हुनेपनी भएको छ नहुनेपनी भएको छ ।
संगीनी बालन नाचहरु क्याब्रे र बल डान्समा परिणत भएको छ । त्यसैले अब हजुर धर्तिमुनि भएपनी ढोका खोलेर पृथ्वीलाई हेर्ने कष्ट गर्नुहोला । यि झरना, खोलाहरुमा पानी सुक्नलागेका छन् । त्यसैले यहाँ सुल्टो परीवर्तन पनि छ र उल्टो परीवर्तन पनी भएको छ । भन्नेले भनेको छ सुन्नेले सुनेको छैन, नबोल्नेले बोलेको छ बोल्नेले बिर्सेको छ । इतिहास नै नाचेको छ । हजुरले छोडे देखि यता अनेकौ उथालपुथल त के, भाईले भाईलाई बिर्सेको छ, रगतको नाता टाढीएको छ । मेरो उत्सुकता के हो भने बाजे मेरोपनी भाई थियो कि ? त्यो त मलाई थाहा छैन हजुरले पनि थाहा दिनुभएन र अब पनी मलाई भाई संग परिचय नगराउने होकी ? त्यहि त एउटा कुरा तपाईले मलाई भुल गर्नु भो । सबै कुरा स्मरणमा रह्यो, मेरो बुबासँग रहनुभएको आमा पनि त्यही चितामा बुबासंग सती जानको लागी मलाई हजुरको पोल्टेमा सुम्पिएर हुम्मिनुभएको यथार्थ हजुरबाट नै थाहा भयो तर अब त मेरो भाइले पनी मलाई चिन्ने भएन यदि उसले मलाई चिन्दथ्यो भने यो भिडमा दाजु ! भनेर बोलाउथ्यो होला । मलाई चारैतिरबाट सत्रुले जालमा पार्न खोज्दा बचाउथ्यो होला ।
आज त मेरो जिवनमा म सम्झैता हैन संघर्ष भोगीरहेछु । बाजे तपाई जहाँ भएपनी मेरो चिठ्ठी खोलेर जति समय लागेपनी भाईको बारेमा ब्लड ग्रुप सहीत हुलिया दिनुहोला । म जति समय लागेपनी उसलाई खोजीनै राख्नेछु र संगै बसेर दुख सुखका कुराहरु साट्दै एकै टेबुलमा बसेर एक दिन खाना खानेछु र मायाको अङ्गालोमा कसेर देश विकाशको बाटोमा प्रत्येक चुनौतिको सामना गर्दै हात हल्लाउदै अघि बढ्नेछु ।
उहि प्यारो नाती
लेखक : राजन लुइटेल, हाल गौरीशंकर मा वि गैरा डोटीमा अध्यापनरत शिक्षक हुनुहुन्छ