बाजेको दौरा पनी च्यातिएछ,
बजैको चौबन्दीको तुना पनी टुटेछ,
कठै नेपालीको भाग्य,
कारण बिनानै फुटेछ,
उज्यालोमा रमाउने आँखाहरु अध्यारोमानै झुमेछ।
खैत मादल,डम्फु अनी खैजरी हरु ?
मादल, मारुनी अनी संगीनी नाच हरु,
हाम्रा थकाइ मार्ने चौतारीहरु,
र मनको भावना साट्ने बैसालु दौतरी हरु ?
रगतमा भएको अमिट नाता पनी टुटेछ,
नारीमा भएको पवित्र अस्मिमिता पनी लुटेछ,
कठै गोर्खालीको वरिता,
कुनै रस बिनानै सुकेछ,
विदेेशी कुकुरले स्वदेशी भाष भुकेछ।
खैत देउरालीका देवी अनी फूलपातीहरु ?
सदावणी बसुदैव कुटुम्बकमका नारा हरु,
मनहेर्ने लालीगुराँस र सुनाखरीका सौन्दर्यहरु,
र गौतमबुद्ध जस्ता मानव शान्तिका शिरोधार्यहरु ?
कठै मनभित्र बास्तविकता लुकेछ,
नैतिकता पनी लाजले झुकेछ,
त्यसैलेत यहाँ के भएछ के के,
हुनेपनी भएछ नहुने पनी भएछ,
दुख आँसुले बादल बनी सबैलाई छोपेछ,
किन स्वप्निल आँखामा उदासीनता रोपेछ,
कठै पुर्खाको देशभक्त पनी ओझेलमा परेछ।
संकटपर्दा पत्रकारको कलम पनी खसेछ,
खैत रातलाइ रात दिनलाइ दिन भन्न सकेकोत्?
नेपालमा यसैले संकटकालको ज्वला दन्केकोत?
प्रश्न कसलाई र आफैलाई?
नेतालाई कित समग्र नेपालीलाई र?
आखीर सपना विपनात भएननी र?
थाप्लोको बोझ र पुरानो डामत हटेननीर?
त्यसैले अँध्यारो काल रात्रीलाई चिर्नुपरेको छ,
सुनौलो बिहानी किरणलाई भित्र्याऊनुपरेकोछ,
आँधी पछिको स्तब्धता हटाउनुपरेको छ,
पत्थरमा फूल फूलाउनु परेको छ,
स्वभावमा नै परिवर्तन ल्याउनु परेको छ,
त्यसैले आफ्नो अस्तत्वि आफैले बचाउनु परेको छ।
- राजन लुईटेल