अखिल (क्रान्तिकारी) डडेल्धुराको १० औं जिल्ला सम्मेलन सम्पन्न भएको छ।
आईतबार जिल्लाको सदरमुकाम स्थित जिल्ला समुन्नय समितिको हलमा सम्पन्न कार्यक्रममा चन्द्र ऐरको अध्यक्षतामा ३५ सदस्यीय कमिटी सर्बसम्मतले चयन गरेको छ। जिल्लामा रहेका प्रत्येक मावि, +२ र क्याम्पसहरुबाट प्रतिनिधित्व हुने गरी आएका प्रतिनिधि, पर्यवेक्षकबाट सर्वसहमत नयाँ कमिटी निर्माण गरिएको छ। ‘समाजवादी शिक्षा प्रणाली लागु गराउने हाम्रो आन्दोलन, जुझारु र सक्षम नेतृत्व र सुदृढ संगठन निर्माण गर्नका लागि दशौं जिल्ला सम्मेलन’ भन्ने मूल नाराका साथ सम्मेलन सुरु भएको थियो।
अध्यक्षः चन्द्र ऐर
उपाध्यक्ष ः चेतराज ओझा
उपाध्यक्ष ः तारा भट्ट
उपाध्यक्ष ः राम सिंह गुर्धामी
सचिव ः बिपिन महर
सह-सचिव ःकल्याण वि क
सह-सचिव ः करण धिक्त
कोषाध्यक्ष ः सरस्वती पाल लगायतका पदाधीकारि सहित ३५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ।
जिल्ला सम्मेलन आयोजक समिति संयोजक सन्तोष भट्टको सभापतित्वमा सम्पन्न अखिल(क्रान्तिकारी) डडेल्धुराको दशौं सम्मेलनमा कार्यक्रममा क्रान्तिकारीका कन्द्रिय उपाध्यक्ष दिपेश पुन प्रमुख अथिति रहेका थिए भने बिशिष्ट अथितिहरु नेकपा माओवादी केन्द्र डडेल्धुराका अध्यक्ष मान सिंह माल,नेकपा माओवादी केन्द्रका प्रदेश कनिटी सदस्य तथा अजयमेरु गाउँपालिका अध्यक्ष उमेश प्रसाद भट्ट,अखिल क्रान्तिकारीका सुदुरपश्चिम संयोजक मदन भूल,सहसंयोजक पार्वती नेगि,भिम भट्ट,दिपक डिसि,लाल पाण्डे लगाएतका नेताहरुको आथित्यतामा सम्पन्न भएको छ।
पछिल्लो चरणमा अखिल क्रान्तिकारीले देशव्यापि भेला सम्मेलन, संगठन निर्माणलाई व्यापकता र तिब्रता दिएको सो संगठनले जनाएको छ।