कञ्चनपुरको शुक्लाफाँटा मा अखिल नेपाल महिला संघ क्रान्तिकारी नगरकमिटीले विभिन्न मागहरु राख्दै नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ।
सोमवार अखिल नेपाल महिला संघ क्रान्तिकारी शुक्लाफाँटा नगरकमिटी अध्यक्ष दुर्गा भट्टले महिला हकहित र अधीकारका का लागि विभिन्न ११ बुँदे मागहरु राख्दै नगरप्रमुख दिल बहादुर ऐर समक्ष ज्ञापनपत्र बुझाइएको जानकारी दिईन।
अखिल नेपाल महिला संघ क्रान्तिकारी शुक्लाफाँटा नगरकमिटीका मागहरु
१)स्वास्थ्य संस्था ।अस्पताल,स्वास्थ्य चौकी र शिक्षण संस्था-विद्यालय विश्वविद्यालयको हाताको वरपर निश्चित दुरीसम्म धम्रपान,मद्यपान,जुवातास निषेधित क्षेत्र घोषणा गरियोस् ।
२)माध्यमिक तहसम्म किशोरीमैत्री वातावरण वनाउन किशोरीहरुलाई आराम कक्ष,शौचालयको व्यवस्था,स्यानिटरी प्याडको सहज व्यवस्था गरियोस् ।
३)शुक्लाफाँटा नगरपालिका भित्रमा रहेका माध्यमिक विद्यालयमा एक जना स्टाफ नर्सको व्यवस्था गरियोस् ।
४)आमाको नामबाट नागरिकता प्राप्त गर्ने सहज वातावरण निर्माण गरियोस् ।
५)छोरा सरह छोरीलाई पैत्रिक सम्पत्तिमा समान अधिकारको व्यवस्था लागु गरियोस् ।
६)लैङ्गिक उत्तरदायि वजेट १० प्रतिशतको व्यवस्था गरी जनचेतना,तालिम,सिप सिकाई आदिमा प्रयोग गरियोस् ।
७)शुक्लाफाँटा नगरपालिकालाई महिलाहिंशामुक्त पालिका घोषणा गरियोस् ।
८)प्रत्येक स्थानिय तहमा अल्पकालिन सुरक्षित गृहको व्यवस्था गरियोस् ।
९)सवै गर्भवती महिलाहरुलाई अस्पतालमै सुत्केरी हुने व्यवस्था मिलाइयोस् ।
१०)हिंशा पिडीत महिलाहरुको लागि न्यायिक समितिमार्फत तत्काल न्यान दिने व्यवस्था मिलाइयोस् ।
११)छोरीको लागि जन्मपछि खाताको व्यवस्था र माध्यमिक शिक्षासम्म तह नि:शुल्क शिक्षाको व्यवस्था गरियोस् ।