मानव शरीरको विभिन्न अंगहरुको आ–आफ्नो विशेषता रहेको हुन्छ । मानव शरीरको विभिन्न अंगहरुमध्ये मुटु एक सँवेदनशील र महत्वपूर्ण अङ्ग हो । मुटु शरीरको यस्तो अंग हो जसलाई स्वस्थ राख्न नसकेमा मानिसले आफ्नो अमूल्य जीवन गुमाउनपर्ने हुन सक्छ ।
बाहिर स्फूर्त देखिने व्यक्ति पनि मुटु अस्वस्थ भएकै कारण मृत्युको मुखमा पुग्न सक्छन् । जसरी शरीरलाई स्वस्थ राख्न खानपिनको आवश्यकता हुन्छ, त्यसरी नै शारीरिक व्यायामको पनि आवश्यकता पर्छ । दिनभरमा यस्ता शारीरिक व्यायाम तथा गतिविधि जरुर गर्नु पर्छ जुन शरीरलाई आवश्यक हुन्छन् ।
सिँढी चढ्नु
घरमा होस् वा कार्यालयमा सिँढी त पक्कै पनि होला । यदि दिनमा १० मिनेट मात्रै पनि लगातार सिँढी चढ्ने र ओर्लने गरेमा धेरै लाभ लिन सकिन्छ । मुटुलाइ स्वस्थ्य राख्न सहयाेग पुग्दछ ।
ताई ची
गहिरो गरी स्वास लिनु, एकाग्रता तथा लयबद्ध शारीरिक गतिविधिको माध्यमबाट ताई चीको महत्वपूर्ण भूमिका हुन्छ । ताई ची तनाव कम गर्न र मुटुलाई स्वस्थ राख्नका लागि उपयोगी तरिका पनि हो ।
नृत्य
मुटुलाई स्वस्थ राख्न नृत्य सबैभन्दा राम्रो र रोचक शारीरिक व्यायाम हो । जो व्यक्ति कार्डियोभास्कुलर बिमारीबाट ग्रसित छन् उनीहरुका लागि यो सबैभन्दा उत्तम व्यायाम हो । मुटुको घड्कन प्रतिमिनेट १२० देखि १३५ बिटसम्म पुग्ने गरी व्यायाम गर्नुलाई राम्रो मानिन्छ ।
स्ट्रेचिंग व्यायाम
स्ट्रेचिंग व्यायाम तालिकाको एक निश्चित हिस्सा हुनु आवश्यक हुन्छ । धेरै मानिसका लागि स्ट्रेचिंग गर्नु धेरै अप्ठेरो पनि हुन सक्छ । तर हप्तामा कम्तिमा दुई पटक गर्दा यसको आदत बस्दै जान्छ र सजिलाे हुन्छ।
एरोबिक्स
विशेषज्ञहरुको नै सल्लाह छ कि एक स्वस्थ मुटुका लागि साप्ताहिक रुपमा कम्तिमा १ दिन ३० मिनेटसम्म एरोबिक गर्नु जरुरी हुन्छ । जगिङ गर्नु, दौडिनु, साइकल चलाउनु आदि व्यायाम एरोबिक्सअन्तर्गत पर्छन्