माधवकुमार नेपाल लडिदिन्थे, उनीहरु शानले पद पाउँथे । नेपालले विधिको कुरा गर्थे, उनीहरुका लागि लड्थे । उनीहरुको बचाऊमा लाग्थे र उनीहरुले जे जे माग्यो त्यही पाउथे । नेता नेपाललाई लात हानेर ओलीको कम्पनीको कारिन्दा बन्न पुगेका एमालेका १० भाइको राम्रै विचल्ली भएको छ ।
राजनीतिक रुपमा करिबकरिब अन्त्यको रुपमा पुगेका छन्, उनीहरु । खड्ग ओली ओली गुटका नेताहरु मात्र होइन, ‘दश भाइ’ भनेर चिनिने कतिपय नेताहरु समेत आगामी महाधिवेशनमा ओलीलाई निर्विकल्प अध्यक्षको रुपमा प्रस्तुत गरिरहेका छन् । तर, माधव नेपालको आडमा राजनीति गरेका भीम रावल, घनश्याम भुसाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम आचार्यहरु घर न घाटको हुने अवस्थामा पुगेका छन् ।
अब उनीहरु कुनै पनि भूमिका नपाउने र राजनीतिक जीवन सकिने अवस्थामा पुगेका छन् । ओलीको जोड पनि सर्वसम्मत अध्यक्ष बन्ने नै छ । उनी पार्टीभित्र अब विरोधको स्वर सुन्नु नपरोस् र विरोधीहरुलाई ठेगान लगाउन पाइयोस् भन्ने भन्ने चाहनामा रहेका छन् ।
त्यसैको पूर्वअभ्यास स्वरुप उनले तल्ला कमिटीको नेतृत्व चयन पनि त्यसैगरी गरेका छन् । आफना गुटका र आफूलाई बा नभन्नेहरुलाई कही कतैबाट पनि आउन नदिने योजना अनुसार काम भयो । जताततै १० भाइको बिजोक भयो । अझै कति बिजोग हुन्छ, त्यो हेर्न बाँकी रहेको छ ।
गत कात्तिक ४ गते वडा र पालिका अधिवेशनको सन्दर्भमा पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जारी गरेको परिपत्रको पाँचौं बुँदामा भनिएको थियो– ‘नेतृत्व चयन गर्दा सकेसम्म सर्वसम्मत विधि अपनाउने र यदि सर्वसम्मत नभए मात्र निर्वाचन विधि अपनाउने ।’ १० भाइलाई ठिक गर्ने खासमा नीतिगत निर्णय नै यही थियो ।
माधव नेपालको आडमा आफू विरुद्ध विद्रोह गरेको भन्दै ओलीले जानीबुझीकन नै विरोधी तह लगाउने रणनीति अख्तियार गरेका थिए । ओली त्यसमासफल भएका छन् । त्यसयताका आफ्ना भाषणहरुमा समेत खड्ग ओलीलेसर्वसम्मत नेतृत्व चयनको नाममा फरक मत राख्नेलाई राम्रैगरी पेलेका छन् । यो पेलाई अझै विस्तार भएर जानेछ । पेलाईमा पर्नेहरु क्रमशः बाहिरिनिेछन् । त्यसमा नपर्नेहरुले ओलीका सामु आत्मसमपर्ण गर्नुपर्छ ।
यतिबेला ओली एमाले अध्यक्ष मात्रै होइन, प्राधिकार बन्ने बाटोमा छन् । त्यसका लागि पार्टीभित्र निर्विरोध र सर्वसम्मत अध्यक्ष बन्नु जरुरी हुन्छ भन्ने उनले बुझेका छन् । त्यसो भयो भने तत्काललाई उनीनिकट नेताहरुले भन्दै आएको जस्तो एउटा ध्रुवको नेता र आगामी दिनमा उनी नै राष्ट्रिय नेताको रुपमा सबैभन्दा माथिल्लो उचाइका हुन् भनेर व्याख्या गर्न सहज हुनेछ । तर , दम्भको घडा भरिएका ओलीले सहजै त्यो स्थान पाउँछन् र पाउलान् भन्ने कल्पना नै गर्न सकिन्छ । विशाल हृदय नभइकन देशकै नेता बन्न सकिदैन । विष्णु रिमाल, गोकूल बाँस्कोटा, सूर्य थापा, भानुभक्त ढकाल जस्ता अनियमितताका नमूनाहरुको नेता त बन्लान् ओली, तर खासमा देशको नेता बन्न सक्दैनन् ।
कुनै बेला पार्टीको नेतृत्व गरेका दुई नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालको बहिर्गमनपछि ओलीलाई सांगठनिक रुपमा चुनौती वा दबाब दिने माथिल्लो नेतृत्व छैन । उनीहरु नहुनु नै एमालेका लागि खास अर्थमा घाटा हो । ती नेताको बहिर्गमनपछि पनि एमालेमै रहेका नेताहरु अहिले छिन्नभिन्न भइसकेका छन् । त्यसले विचारको बहस हराएको छ । फरक विचार नहुँदा पार्टी मृतप्राय नै हुन्छ । किनकी, अब एमाले प्रजा परिषद्को बाटोमा लागेको एमाले स्थापनाकालका खास नेताका रुपमा रहेका राधाकृष्ण मैनालीको टिप्प्णी छ ।
ओलीकै गुणगान गाउने र पदाधिकारी सुनिश्चित गर्ने रणनीतिमै लागिसकेका छन् । कतिपय एमाले विभाजनअघि नै ओलीको प्यारा भइसकेका थिए । ओलीको विकल्पमा अर्को अध्यक्ष बन्ने सम्भावना नरहेको एमालेभित्र स्वीकार भइसकेको विषय हो । तर, ओली निर्विरोध र सर्वसम्मत अध्यक्ष बन्लान् । कि कसैले चुनौती देलान् त्यो पनि भन्न सकिने अवस्था छैन ।
ओलीगुटका नेताहरु ओलीलाई नै सर्वसम्मत अध्यक्ष बनाउन लागिपरेकाले त्यहाँबाट उनलाई चुनौती छैन । त्यसो भए, ओलीलाई सर्वसम्मत अध्यक्ष बन्ने बाटोमा अवरोध कसले गर्ला रु एमाले वृत्तमा यतिबेला दुई नेताको चर्चा हुने गरेको छ– उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसाल । उनीहरु शक्ति विहिन अवस्थामा पुगेका छन् ।
रावलले आफू अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । गृहजिल्लामा कार्यकर्ताको भावना अनुसार आफू पार्टी अध्यक्षमा लड्ने स्पष्ट पारेका थिए । ‘दशौँ महाधिवेशनमा तपाईंहरूको स्वाभिमान र भावनाको झन्डालाई बलियो गरी समात्छु । चरम अवसरवादी राजनीति गर्ने रावलको यो घोषणालाई कोही कसैले पनि पत्याएका छैनन् ।
रावल सुदूरपश्चिम इञ्चार्जमा आफू पुनःबहाली नहुँदा असन्तुष्ट छन्। ओलीको त्यही क्रियाको प्रतिक्रियामा उनले अध्यक्ष उठ्ने घोषणा गरेको जस्तो देखिए पनि सिंह नभएको गोरुको नाम तिखे भने जस्तै छ उनका लागि ।