अन्तराष्ट्रिय श्रमिक महिला दिवस संयुुक्तराज्य अमेरिकाको एक मजदूर आन्दोलनबाट जन्मिएको थियो। यसको बिजारोपण सन् १९०८ माभएको थियो। जब १५ हजार महिलाहरुले अमेरिकाको न्युयोर्क शहरमाजुलुस निकालेर नोकरीमाकम घण्टाको माग गरेकाथिए। साथै बेतन बढाउने र भोट हाल्नपाउने अधिकारको मागपनिथियो। त्यसको एक बर्ष पश्चात अमेरिकाको सोशलिष्ट पार्टीले सन् १९०८ को अन्तर्राष्ट्रय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फ्mेब्रुअरी १९०९ को दिनमहिलादिवस घोषणा गर्यो जसको योजनाकार क्लारा जेट्किनभन्ने एक जनामहिलाथिइन्। सन् १९१० माक्लारा जेट्किनले डेनमार्र्कको कोपनहेगनमाकामकाजीमहिलाहरुको एक अन्तर्राष्ट्रिय सम्मेलनको दौरानमामहिलादिवशलाइअन्तर्राष्ट्रिय स्तरमै मनाउने सुझाबदिइन् जहाँ १७ देशका सयौ कामकाजीमहिलाहरु उपस्थितथिए। ती सबै महिलाहरुले क्लारा जेट्किनको सुझाबको समर्थन गरे। सन् १९११ मा अष्टे्रलिया, डेनमार्क, जर्मनी र स्वीट्जरल्याण्डमा अन्तर्राष्ट्रिय महिलादिवश एक साथमनाउन शुरु भयो। त्यो शुरुवात नै अन्तर्राष्ट्रिय महिलादिवशहुनगयो।
त्यस समयको प्रमुख उद्देश्यमहिलाहरुलाइमताधिकार दिनु थियो। किनकि त्यस समय सम्ममहिलाहरुलाइमतदिने अधिकार कतिपय देशहरु माथिएन। सन् १९०७मा रसियाकामहिलाहरुले महिलादिवसमागाँस र कपासको लागि हड्तालमाजाने निर्णय गरे। यो हड्तालपनि ऐतिहासिकथियो। प्रथमबिश्व युद्धको बेला परिसानीभएर गरिएको बिरोध प्रदर्शनमा रसियनमहिलाहरुले ब्रेड र पिसको नारा प्रमुखथियो। यो बिरोध यति संगठित थियो किजारनिकोलसले आफ्नो गद्धी छोड्न बाध्यहुनु पर्यो। यसरी जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरुलाइभोट हाल्ने अधिकार दियो। त्यस समय रुसमाजुलियनक्यालेण्डरको प्रचलनथियो र बाँकि धेरै देशहरुमा गे्रगेरियनक्यालेण्डरको प्रचलनथियो।जुलियनक्यालेण्डर अनुसार सन् १९१७को फ्mेबु्रअरीको अन्तिमआइतबार फ्mेबु्रअरी २३ मापथ्र्यो। जब कि गे्रगेरियनक्यालेण्डर अनुसार त्यस दिन ८ मार्च थियो। त्यसैले ८ मार्च महिलादिवशको रुपमामनाउनथालियो। यसलाइ सन् १९७५ मामहिलादिवशको अन्तर्राष्ट्रिय मान्यतादिइएको थियो। त्यो बेलासम्म संयुक्त राष्ट्र ले बार्षिक तौरमा एक थिमको रुपमामनाउन शुरु गरिसकेको थियो।पहिलो थिमूऋभभिदचबतष्लन तजभ उबकत बलम उबिललष्लन ायच तजभ ागतगचभू (बिगतलाइमनाउ र भबिष्यको लाागि योजनाबनाउ) भन्ने थियो। यस बर्ष (सन् २०२२) को ११२ औं अन्तर्राष्ट्यि श्रमिकमहिलादिवशको तजझभ ून्भलमभच भत्रगबष्तिथ तयमबथ ायच ब कगकतबष्लबदभि तयmयचचयधू(स्थायीभोलीको लागिआज लैंगिक समानता)रहेको छ।
महिलाहरुको हकअधिकारको स्थापनाको साथै सामाजिक, राजनीतिकतथाआर्थिक बिकासको लागिकानूनी, नीतिगततथाबिकास कार्यक्रमहरुको बिस्तारको माध्यमबाट राष्ट्रिय बिकासको मूलधारमा लैजाने प्रयास गरिएतापनिबिश्वकाप्राय सबै देशहरुमामहिलाहरुको स्थिति पुरुष सरह छैन।
सन् १९४५ मा संयुक्त राष्ट्र संघले सिद्धान्तको आधारमामहिलापुरुष समानताकायम हुनुपर्छ भनी स्पष्ट गरेको बडापत्र पारित गरेको थियो। सोही बडापत्र अनुसार सन् १९४६मामहिलाको स्थिति संबन्धीआयोग गठन, सन् १९५१ मा समानज्याला संबन्धीमहासन्धी, सन् १९५२ मामतदिनपाउने राजनीतिकअधिकार संबन्धीमहासन्धी, सन् १९५६ मामहिलाको नागरिकता संबन्धीमहासन्धी, सन् १९६० मा पेशागत भेदभाबउन्मूलन, सन् १९७९ मामहिलाउपर हुने सबै प्रकारका भेदभाबउन्मूलनगर्ने जस्ता महत्वपूर्ण निर्णयहरु भए।
हाल नेपालमामहिलालाइबिशेष अधिकार प्रदानगरिएको छ। बि. स. २०४७को संबिधानअनुसार कुनै पनि पुरुषले महिलालाइकुनै पनिप्रकारको भेदभाबगर्न पाउदैन भने ३५ बर्षसम्मको अबिबाहित छोरीलाइ छोररासरह सम्पतीमा समानहककोब्यवस्थाथियो। बि. स. २०६३ को अन्तरिम संबिधानले छोरीलाइपनि छोरा जतिकै अंशकोअँधिकार दियो। महिला र पुरुषको सम्बन्ध बिच्छेदमामहिलालाइश्रीमानको सम्पत्तिको ५० प्रतिशतप्राप्तहुने ब्यबस्थाथियो। यसको साथै संबिधान सभामा ३३ प्रतिशत सीट महिलाको हुने ब्यबस्था गर्यो। नेपालको संबिधान २०७२ ले लैंगिक समानताको हकलाइप्रत्याभूत गरको छ। लिंगको आधारमा कसैलाइपनि भेदभाबगरिने छैन भनीप्रत्याभूत गरेको छ। लिंगको आधारमा कसैलाइपनि भेदभाबगरिने छैन भनी स्पष्ट गरेकोभएतापनि सामाजिक र आर्थिक रुपले त्यो कानूनीप्राबधानलाइब्यबहारिक बनाउन सकिएको छैन।
नेपालमामहिलाको स्थितिमा परिबर्तन ल्याउनगरिएकानीतिगतप्रयासहरुः
बिकास कार्यमामहिला सहभागिताप्रबर्धन गर्ने नीतिपहिलो पल्ट छैटौ पञ्चबर्षीय योजना (२०३७–२०४२), सातौं योजना (२०४२–२०४७)मामहिलाको उत्पादकत्वर क्षमता बढाउने, आठौ योजनामामहिला सरोकारलाइबिकासको मूलप्रबाहमा समाहितगर्ने, नबौ योजना (२०५४–५९) मा लैंगिक समानता र महिला सशक्तिकरणका कार्यक्रमहरु तर्जुमा, दशौं योजना (२०५९–२०६४) मा लैंगिकमूलप्रबाहीकरण र महिला सशक्तिकरण को ब्यबस्थागरिएको थियो। दोश्रो जन आन्दोलनको सफ्mलता पछि अन्तरिम अबधिकालागितर्जुमागरिएको तीनबर्षीय अन्तरिम योजनाले राज्य संरचनामामहिलाप्रतिनिधित्व र समस्तबिकास प्रकृयामा लैंगिकरणमा जोड दियो। एघारौं र बाह्रौं योजनामापनि लैंगिक समानता र महिला सशक्तिकरणका नीतिमानिरन्तरता, तेह्रौ योजनामामहिलाको मूलभूततथा समानअधिकार सूनिश्चितगर्दै लैङ्गिक रुपले समाबेशी र समतामूलक राष्ट्र निर्माण गर्ने दीर्घकालीन सोच। चौधौ योजनामा लैङिगक समानतामाफ्र्mत न्यायपूर्ण, सुरक्षित र सभ्य समाजको बिकास गर्ने सोच। पन्ध्रौं योजनामा (२०७६÷०७७–२०८०÷०८१) लैङिगक समानतातथामहिला सशक्तिकरण अन्तर्गत लैङिगकबिभेदको अन्त्यगर्ने संकल्प सहितमहिलालाइलैङ्गिक भेदभाबबिना समानबंशीयहक, सुरक्षितमातृत्व र प्रजनन् सम्बन्धीहक, राज्यका सबै निकायमा समाबेशी समानूपातिक सिद्धान्तको आधारमा समाबेश हुने हकलगायतमौलिकहकहरु को प्रत्याभूती गरेको छ।
हालमहिला र पुरुषको साक्षरुता दर क्रमसः ५७.४ र ७५.६ प्रतिशत रहेको छ। सम्पत्तिमा स्वामित्वपुगेको महिला२६ प्रतिशतपुगेको छ। नेपालले महिला बिरुद्ध हुने सबै प्रकारका भेदभाबउन्मूलनगर्ने महासन्धी १९७९ को अनुमोमन गरी सोहीअनुरुपनीतितथाकार्यक्रमहरु कार्यान्वयनगर्दै आएको छ। त्यसै गरी दीगो बिकास लक्ष्यमालैङ्गिक समानतातथाबालिका सशक्तिकरणको बिषय समाबेश भएका छ। महिलाको क्षमता, श्रम, सीप र सिर्जनालाइबिकास प्रकृयामालगाइ संबिधानको मर्म अनुरुप सामाजिक समानताकायमगर्ने कार्यक्रम संचालनगर्नुपर्ने आवश्यकता रहेको छ भन्ने बिषयहरु पन्ध्रौ योजनामा समाबेश गरिएको छ।हालमहिलाहरुको स्थानीयतहमा ४१ प्रतिशत, प्रदेश ब्यबस्थापिकामा ३४ प्रतिशत, संघीय संसदमा ३३.५३ प्रतिशत, सहभागिता रहेको छ।
महिला क्षेत्रकाप्रमुख समस्याहरुः
महिलाहरुमाथिहुने ब्यबहारगतबिभेद हट्न नसक्नु, अशिक्षा, हानिकारक अभ्यास, लैगिकबिभेद तथा हिंसालाइ बढावा दिने सामाजिक संरचना, सोच, मूल्यमान्यता, प्रथा परम्परा, कायमै रहनु, महिलातथाबालिकाहरुमाथि घरेलु, यौनजन्यतथालैगिकतामाआधारित हिंसा बिद्यमान रहनु, जोखिमतथा सामाजिकबहिष्करणमा परेकातथा हिंसा पीडित महिलाहरुलाइ पूर्ण रुपमा संरक्षण, पूनस्र्थापना, सशक्तिकरण र स्वाबलम्बीबनाउननसकिनु, सरकारी तथाबिकास साझेदार संस्थाहरुबाट हुने कार्यक्रममा समन्वयकोकमीहुनु यस क्ष्ोत्रका समस्याहुन्।
अबसरतथा संभाबनाःनेपालको संबिधानले समानताको हक सुनिश्चतगर्नु, लैगिकमैत्री ऐन कानूनहरु निर्माण हुनु, राज्यकातीनतहमामहिलाको राजनीतिक सहभागिताउतसाहजनक रहनु, राष्ट्रिय महिलाआयोगको संबैधानिकअधिकार सहित क्षेत्राधिकारमा बृद्धि हुनु, केन्द्रमालंैगिकउत्तरदायी बजेट प्रणाली संस्थागतहुनु, विद्यालयशिक्षमालैंगिक समदर कायमहुनु र समाजको मूल्य, मान्यतार ब्यबहारमासकारात्मक परिबर्तन हुँदै आउनु यस क्षेत्रकाअबसर र संभाबनाहुन्।
सताब्दीयौं देखिको उत्पीडन र पीडा भोग्दै आएकामहिलाहरुको स्थितिमा परिबर्तन ल्याउनको लागिकमसःमुक्त र स्वतन्त्रकनाउदै लाननिकै लामो बलिदानीपूर्ण इतिहास छ। यसकारण कतै लैङ्गिक समानताका घोषणागरिएका छन् भने कतै महिला सशक्त्किरणका आवाज उठाएका छन्। आममहिलाहरु स्तन्त्र, सक्षम र सबल हुनको लागि साथै आधारभूतआवश्यकताका समस्या समाधानगर्ने पकृयावास्तबमै एकसाथ अघि बढाउनु पर्छ।उचितअबसर पाएमा नेपालीमहिलाहरुले पनि समाजिक, आर्थिक र राजनीतिकतीनै क्षेत्रमाप्रगतिगर्नेछन जसबाट परिवार, समाज राष्ट्रकै उन्नतिहुनेछ।अन्तमा अन्तर्राष्ट्रिय श्रमिकमहिलादिवसको अबसरमा सम्पूर्ण दिदीबहिनीहरुमाहार्दिक शूभकामना!