नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि यतिबेला चौतर्फि आलोचना भइरहेको छ । कतिपयले उनको व्यवहार अनुसार सरकारले जायज काम गरेको तर्क गरेका छन् भने कतिले स्वायत्त निकायको अधिकारी माथि सरकारले हस्तक्षेप गरेको भनि बुझेका छन् ।
राष्ट्र बैंक ऐन अनुसार सरकारले अधिकारीमाथि छानविन गर्न पाउँछ र छानविनका लागि समिति गठन भएलगत्तै उनी निलम्बनमा पर्छन् ।
अधिकारी निलम्बनको चर्चा चल्दै गर्दा उनी कानून अनुसार शैक्षिक योग्यता पुगेका व्यक्ति हुन या होइनन् यसको पनि चर्चा हुरू जरूरी छ । राष्ट्र बैंक ऐन २०५८ को दफा २० ग अनुसार राष्ट्र बैंकको गर्भनर हुन आर्थिक, मौद्रिक, बैंकिङ, वित्तिय, बाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र गणित वा कानून विषयमा कम्तीमा स्नातकोत्तर हु्नुपर्ने व्यवस्था छ । तर च्याटर एकाउन्टको ट्रेनिङ कोर्स गरेका अधिकारीलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गर्भनरमा नियुक्त गरेको थियो ।
उनलाई गर्भनरमा नियुक्त गर्ने समितिमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडा, पूर्वसचिव कृष्णहरि बाँस्कोटा लगायतका व्यक्ति थिए । सीए ट्रेनिङलाई स्नातकोत्तर उपाधि सरह मानि उनलाई गर्भनर पदमा नियुक्त गरिएको थियो । जुन कानून अनुसारको योग्यता होइन ।
उनको शैक्षिक योग्यताको विषयमा सूचना माग हुँदा उनले दिन अस्वीकार गर्दै आएका छन् । उनको शेक्षिक योग्यता बारेका माग गरिको सूचना अहिले पाटन उच्च अदालतमा विचाराधी अवस्थामा छ ।