चेस विश्वको एक चर्चित खेल हो। यो खेलको इतिहास धेरै पुरानो छ। यसको तथ्यांक हेर्दा संसार भरमा करिब ७० करोड भन्दा बढी मानिसले चेस खेल्ने गर्छन्। त्यस्तै वैज्ञानिकले पनि यो खेललाई खेल्न बढी सल्लाह दिने गर्छन्। किनकी चेसमा प्रयोग हुने रणनीतिले मानिसको बौद्धिक विकासमा निकै सहयोग पुर्याएको हुन्छ।
चेस खेलमा माहिर बन्नको लागि जो सुकैले पनि पटक-पटक अभ्यास गर्नुपर्छ। यो खेलमा जति अनुभव छ त्यति नै पोख्त भइन्छ। चेस खेलको दक्ष मानिसलाई ‘ग्र्याण्डमास्टर’ भनिन्छ।त्यस्तै, यो खेलमा सबैभन्दा कान्छो उमेरमा ‘चेस ग्र्यान्डमास्टर’ बन्ने कीर्तिमान अमेरिका अभिमन्यु मिश्रको नाममा रहेको छ। उनले मात्र १० वर्ष ९ महिनाको हुँदा सबैभन्दा कान्छो ‘चेस ग्र्यान्डमास्टर’ बन्ने कीर्तिमान आफ्नो नाममा गराएका थिए।
यसअघि यो कीर्तिमान सेर्गे कार्जाकीनको नाममा थियो जो उनी सन् २००२ मा १२ वर्ष ७ महिनाको उमेरमा ‘चेस ग्र्यान्डमास्टर’ बनेका थिए। चेस खेलमा उच्चस्तरको प्रदर्शन गर्दै तीन खेल जितेर विश्व चेस महासङ्घको रेटिङमा कम्तीमा २,५०० अङ्क प्राप्त गर्न सकेमा मात्र ग्र्यान्डमास्टर उपाधि पाइन्छ। यसैबीच आज हामी तपाईँलाई चर्चित खेल चेसको इतिहास, चेस कसरी खेल्ने-जित्ने, चेसको नियम र चेस सम्बन्धी केही रोचक कुराकाहरुको बारेमा चर्चा गर्दैछौँ-
चेसको इतिहास
चेस खेलको इतिहास धेरै रोचक छ किनभने यसको बारेमा कुनै लिखित प्रमाण छैन। तर पुरातत्व विभागबाट प्राप्त जानकारी अनुसार करिब २ हजार वर्षअघि भारतमा करिब ३५०-५५० वर्षमा शासन गर्ने गुप्त राज्यमा चेस खेल सुरु भएको थियो।
चेस भारतको प्राचीन खेलहरू मध्ये एक हो र यो खेलको उत्पत्ति भारतमा भएको थियो। जसलाई पहिले ‘चतुरङ्ग’ भनिन्थ्यो। छैटौँ शताब्दीमा जब पारसीहरू भारत आएर यो खेल देखे, तब उनीहरू धेरै प्रभावित भए र त्यहाँबाट यस खेलको नाम चेस भयो र त्यसपछि त्यही मानिसहरू इरानीहरू हुँदै युरोप पुगेपछि यसको नाम ‘चेस’ भयो।
चेस कसरी खेल्ने र जित्ने ?
चेस दुई खेलाडीबीच खेलिने खेल हो। एउटा बोर्डमाथि सेता र काला गोटी राखिन्छ, अनि पालैपालो चालेर खेल्ने गरिन्छ। बोर्डमा ६४ वटा कोठा हुन्छन्। जसमध्ये ३२ मा सेताे र अर्को ३२ वटा कोठा कालो रङ हुन्छ। दुवै खेलाडीसँग समान रूपमा दुई घोडा, दुई हात्ती, दुई ऊँट र आठ सिपाही हुन्छन्।
खेल सुरु गर्न, पहिले नियम अनुसार चेस बोर्ड सेटअप गर्ने। त्यसपछि आफ्नो टुक्राहरू छान्ने। यदि आफूले सेतो टुक्रा लिएको छ भने, पहिले चाल लिने, तपाईँको एक सिपाहीलाई पहिलो पटक एक वा दुई कदम अगाडि बढाउने। त्यसपछि तपाईँको विपक्षीले चाल चल्छ। यसरी नै चेस खेल सुरु हुन्छ।
यो एक उत्कृष्ट खेल हो र प्रत्येक टुक्रामा चालहरूको निश्चित सङ्ख्या हुन्छ, जसको आधारमा सबैजना चल्छन्। दुबै खेलाडीले आफ्नो राजालाई सुरक्षित राख्नु पर्छ जसको राजा पहिले मर्छ। उसले खेल हार्यो।
चेस खेलको नियम
चेसको खेल सुरु गर्न, टुक्राहरू पहिले चेस बोर्डमा राखिन्छन्। जुनसुकै खेल होस्, चेस बोर्डमा टुक्राहरू सजाउने तरिका सधैँ उस्तै हुन्छ। चेसमा प्रयोग हुने टुक्राहरू दुई रङका हुन्छन्, जुन ठ्याक्कै चेस बोर्डको रङ जस्तै हुन्छन्। किनकी दुवै खेलाडीलाई आफ्नो टुक्रा सजिलै चिन्न सकुन्।
चेस खेलको केही रोचक तथ्य
१. चेस खेलको सुरुमा सिपाही दुई कदम अगाडि बढाएर चल्ने चाल सन् १२८ मा स्पेनबाट सुरु भएको थियो।
२. अमेरिकामा पहिलो पल्ट चेसको उल्लेख सन् १६४ मा डच बासीहरूको पालामा भएको थियो। त्यस्तै, अमेरिकामा सर्वप्रथम १८४३ मा चेस प्रतियोगिताको सुरु भएको थियो।
३. सैद्धान्तिक रूपमा एक चेस खेलमा सबैभन्दा धेरै चाल ५,९४९ सम्म हुन सक्छ।
४. विश्वमा पहिलो पटक अंग्रेजी भाषामा प्रकाशित भएको किताब चेसको बारेमा थियो। पहिलो किताब प्राचीन ग्रिसको ट्रोयमा भएको ट्रोजन घोडाको कथामा आधारित थियो।
५. खेलहरूमा नयाँ खेलाडीहरूलाई ‘रुकी’ भनिने प्रथा चेसबाट नै आएको हो। चेसमा रुकी भनेको हात्ती को गोटी हो।