नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र आलितालले पालिकाका अध्यक्ष उपाध्यक्ष लगायत वडाअध्यक्ष हरुको नाम सिफारिस गरेको छ। शनिबार बसेको पालिका स्तरिय बैठकले उमेदबारहरुको नाम सिफिरिस गरेको हो। माओवादी केन्द्रले आलितालको अध्यक्ष पदका लागी तिन जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा लोकेश महरा, शेर सिंह पार्की र इन्द्र कठायत रहेका छन । उपाध्यक्ष पदका लागि भने मैना कुमारी रावल बोहरा (मञ्जु)लाई सर्बसम्मत उमेदवार चयन गरेको छ ।
यस्तै वडा न. ५ बाट डम्बर ढाँट सर्बसम्मत चयन भएका छन भने वार्ड नम्बर १ मा सुरत बोहरा चयन भयका छन। यसैगरी वार्ड नम्बर ७ मा बिर बहादुर बोहरा, गगन कामि,लक्ष्मी उप्रेती र धन बहादुर बोहरा सिफारिस भयका छन । वार्ड नम्बर ६ मा धन बहादुर कुँवर,चन्द्र कुवँर,बिष्णु बिष्ट र लाल बोहरा छन भने वार्ड नम्बर ४ मा हर्क बिष्ट,चन्द्र जनाल र कमल कामी रहेका छन । यसैगरि वार्ड नम्बर ८ मा गणेश कामी,गणेश थापा मगर र यज्ञराज भट्ट लाइ सिफारिस गरिएको माओवादि नेता गणेश कामीले बताएका छन। बाँकी २ र ३ नम्पबर वडाको टुंगो छिट्टै लाग्ने उनले बताए। अध्यक्ष पदका आकांक्षीहरु धेरै देखिएपछि सर्बसम्मत उमेदवार चयन टुङ्गो नलागेको उनले बताए।
शनिबार नेकपा माओवादी केन्द्र आलिताल द्वारा नेकपा माओवादी ( विप्लव) समुहबाट माओवादि केन्द्रमा प्रवेश गरेका केन्द्रिय सदस्य भरत धानुक( पुकार), पुर्व सम्बिधान सभा सदस्य हरिलाल थापा मगर, यूवा नेता दिपक भण्डारी,अम्बर बुढा, कृण भट्ट लगायत नेता कार्यकर्ताहरुलाइ सम्मान समेत गरेको थियो। उनिहरुलाइ माओवादि केन्द्रका केन्द्रिय सदस्य तथा राष्ट्रियसभा सदस्य माननिय जगत पार्की,माननिय महेश कुमार महरा,प्रदेश सभा सदस्य कुन्ति जोशी लगायत नेताहरु द्वारा फुलमाला,अबिर सहित स्वागत गरिएको नेता गणेश कामीले जानकारी दिए।