स्थानिय तहको निर्वाचनमा वडा सम्मै गठबन्ध गर्ने सत्ता गठबन्धन गरेका दलहरुको केन्द्रिय निर्णय भए पनि प्रधानमन्त्रि एवं काँग्रेस सभापती शेर बहादुर देउवाको गृह जिल्लामा गठबन्धन भएको छैन । उम्मेदवारको नाम दर्ता मनोनयनको अन्तिम दिन सोमबार गठबन्धन दलहरुले छुट्टा छुट्टै उम्मेदवारहरुको नाम मनोनयन गरी दर्ता गरेका छन ।
सोमबार बाँजागाँजा सहित माओवादी केन्द्र, नेपाली काँग्रेस, नेकपा समाजवादी, नेकपा एमाले र काँग्रेस विपिले अलग अलग उम्मेदवारका नाम मनोनयन गरेका छन । डडेल्धुरामा नेपाली काँग्रेस विपि, नेकपा एमाले र राप्रपाले चुनावी तालमेल गरेका छन ।
आलिताल गाउँपालिकामा काँग्रेस बाट अध्यक्ष बल बहादुर गुरुङ्ग र उपाध्यक्ष ज्वालादेवी बोगटि पुनः उम्मेदवार बनेका छन । माओवादी बाट अध्यक्षमा शेर सिंह पार्की र उपाध्यक्षमा मैना कुमारी बोहराले उम्मेदवारी दर्ता गरेका छन । एमाले बाट अध्यक्षमा मिन बोगटीले उम्मेदारी दर्ता गरेका छन यसैगरि स्वतन्त्रबाट टेक खडकाले उमेदबारि दियका छन। अघिल्लो चुनावमा माओवादि झिनो मातले पराजित भयको थियो।
परशुराम नगरपालिकामा नेपाली काँग्रेस बाट प्रमुखमा भरत बडाऐर जोशी र उपप्रमुखमा कलावती बोहराले उम्मेदवारी दर्ता गरेका छन । नेकपा माओवादी केन्द्र बाट शेर सिंह माल प्रमुखमा र बिमला महताले उपप्रमुखमा उम्मेदवारी दर्ता गर्नु भएको छ । नेकपा एमाले बाट केशव बोहराले प्रमुखमा उम्मेदवारी दर्ता गर्नु भएको छ भने काँग्रेस विपि संगको तालमेलमा विपि बाट गोपा थापाले उपप्रमुखमा उम्मेदवारी दर्ता गरेका छन ।अघिल्लो चुनावमा माओवादि केन्द्रका उमेदबार शेर सिंह माल झिनो मतले पराजित भयका थिय।
जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा नेपाली काँग्रेस बाट प्रमुखमा दिल्लिराज जोशी र उपप्रमुखमा पार्वती झुकालले उम्मेदवारी दर्ता गर्नु भएको छ । उम्मेदवार छनौटको लामो किचलो पछी २०७४ सालको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार संग पराजित भएका दुई जनालाई नै काँग्रेसले यस पटक पनि उम्मेदवार बनाएको छ ।
यस्तै अमरगढीमा नेकपा माओवादी बाट प्रमुखमा लक्ष्मण सिंह र उपप्रमुखमा शाशी अवस्थीले उम्मेदवारी दर्ता गरेका छन । नेकपा एमाले, काँग्रेस विपि र राप्रपाले तालमेल गरी प्रमुखमा विपिका नेता अधिवक्ता हरि भट्ट र उप्रमुखमा एमालेका पाका नेता यज्ञराज अवस्थीको नाम दर्ता गरे मुख्य निर्वाचनको कार्यालयले जानकारि दिएको छ ।
नेकपा समाजवादी बाट गएको निर्वाचनमा तत्कालिन एमाले बाट अमरगढी नगर उपप्रमुखमा निर्वाचित संगिता भण्डारीलाई उम्मेदवार बनाएको छ भने उपप्रमुखमा भुवन पाठकले उम्मेदवारी दर्ता गरेका छन ।
गन्यापधुरा गाउँपालिकाको अध्यक्ष पदका लागी नेपाली काँग्रेस बाट ईन्द्र कार्की र उपाध्यक्ष पदका लागी ज्ञानु सेटीले उम्मेदवारी मनोनयन दर्ता गरेका छन । नेकपा समाजवादी र माओवादी केन्द्रले तालमेल गरी अध्यक्षमा सामाजवादीका नरबहादुर बिष्ट र उपाध्यक्षमा चन्द्र बहादुर मल्लले उम्मेदवारी दर्ता गरेका छन । यस्तै काँग्रेस विपि र एमालेले तालमेल गरी अध्यक्षमा विपिका शुरेन्द्र माली र उपाध्यक्षमा एमालेका ईन्द्र महरालाई उम्मेदवार बनाएको छ ।
अजयमेरु गाउँपालिकामा नेपाली काँग्रेस बाट अध्यक्षमा टेकराज पाण्डेय र उपाध्यक्षमा बसन्ती पालले मनोनयन दर्ता गरेका छन । माओवादी बाट उमेश भट्ट र कलावती भाणले उम्मेदवारी मनोनयन दर्ता गरेका छन । एमाले बाट पदम पाल अध्यक्ष र काँग्रेस विपि बाट उपाध्यक्षमा रामचन्द्र ऐरले उम्मेदवारी दर्ता गरेका छन ।
भागेश्वर गाउँपालिकामा काँग्रेस बाट अध्यक्ष पदका लागी हेमराज चटौत र उपाध्यक्ष पदका लागी पुष्पा ठकुराठीले उम्मेदवारी दर्ता गरेका छन । माओवादी केन्द्र बाट अध्यक्षका लागी बिष्णु प्रशाद पाण्डेय र उपाध्यक्षका लागी गीता भट्टले उम्मेदवारी मनोनयन गरेका छन । एमाले बाट अध्यक्षमा राम बहादुर शाहि र उपाध्यक्षमा काँग्रेस विपि बाट नरेन्द्र ठकुराठीको नाम दर्ता गरीएको अध्यक्षका उम्मदेवार शाहीले बताए ।
नवदुर्गा गाउँपालिकामा काँग्रेस बाट अध्यक्ष पदमा लक्ष्मि अवस्थी र उपाध्यक्षमा निर्मला बोगटीले उम्मेदवार मनोनयन दर्ता गरेका छन । नेकपा समाजवादी बाट अध्यक्षमा कबिन्द्र बिष्ट छन उनि अघिल्लो निर्वाचनमा एमाले बाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन । उपाध्यक्षमा चन्द्र देवी रुपालीे उम्मेदवारी दर्ता गरेका छन । काँग्रेस विपि बाट अध्यक्षमा गोकुल शाही र एमाले बाट विर बिष्टलाई उपाध्यक्षमा उम्मेदवार बनाईएको जनाईएको छ ।