१४ बैशाख डडेल्धुरा सेर बहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा उमेदवारी दिएका युवा नेता टंक अवस्थीले आफ्नो घोषणा पत्र सार्वजनिक गर्दै चुनौति मलाई नभइ गाउँपालिका वासीलाई भएको बताएका छन् । गाउँपालिका अध्यक्षमा राष्ट्रिय जनमोर्चाको तर्फबाट उमेदवार बनेका अवस्थीले भने म चुनावमा होमिएको छु । अव धेरै ढिला नै भइसक्यो अझै पनि परिवर्तन खोज्ने कि नखोज्ने यो चुनैती गाउँपालिका वासीलाई रहेको बताऐका छन्
अवस्थीले आफ्नो लिखित प्रतिवद्धता पत्र सहित गिलास चिन्हमा मदान गरी आफु र आफ्नो पार्टीलाई जिताउनका लागि आह्वान गरेका छन् । आफु चुनाबमा होमीएको र भोट हाल्दा जन्ताले हात नकमाए अत्याधिक बहुमतले बुजयी हुनेमा आफु विश्वस्त रहेको कुरा जानकारी गराए ।
चुनावी घोषणा पत्र
शिखर धुरा शिर देखि सकायलका फाँट सम्म एउटै सान !!
शिक्षित सबल र सुशासनयुक्त गाउँपालिकाका लागि टंकलाई मतदान !!
मेरा प्रतिवद्धताहरू
१.कृषि
- कृषिमा गाउँपालिका स्तरीय सहकारी निर्माण गरी उक्त सहकारी मार्फत गाउँगाउँबाट तरकारी ढुवानी सहितको संकलन केन्द्रहरू निर्माण गरी व्यापारी र किसानलाई मार नपर्ने गरी स्थानीय सरकार मार्फत दरभाउ निर्धारण गर्ने ।
- सहकारी मार्फत ५ ओटै वडामा सहुलियत एग्रोभेट संचालन गर्ने
- पालिका स्तरीय सहकारी संञ्चालन गरी ५ वर्षमा सबै वडाहरूमा शाखा विस्तार गर्ने
- वजारीकरण गर्दा प्रति के.जी १ रूपैया सहकारीमा राखेर सो बाफत बचत भएको रकम गाउँपालिका भित्रका किसानलाई आपतकालिन र विपदमा रू २००००।– हजार सहयोग गर्ने ।
- प्रत्येक गाउँमा कम्तिमा ५ जना नमुना कृषक सहित करिव २०० किसानको संञ्जाल निर्माण गरी आवश्यकता अनुसार मौलिक कृषि नीति तथा कार्यक्रम निर्धारण गरिने
२. शिक्षा
- प्रत्येक विद्यालयलाई Digital र मन्टेश्वरी प्रविधि विस्तार गर्ने
- वडा नं. १ मा रहेको सरस्वती मा.वि लाई वालिबिज्ञानको स्नातक तह सम्मको क्याम्पसको रूपमा स्तरोन्नती गर्ने
- पालिका भित्र रहेका प्रत्येक वडाका १/१ विद्यालयलाई ८ देखि १२ सम्म प्राविधिक विद्यालयको रूपमा अगाडी बढाउने
- माध्यमिक तह सम्म गुणस्तरीय निशुल्क र अनिवार्य शिक्षा उपलब्ध गराउँने ।
३. स्वस्थ्य
- प्रत्येक वडामा कम्तिमा पनि २०शैया सम्मका ५ अस्पताल निर्माण गर्ने
- २वटा MBBS डक्टर सहितको घुम्ति सेवा विस्तार गर्ने ।
- प्रत्येक विद्यालयमा १ नर्स कार्यक्रम अगाडी बढाउने
- गाउँपालिका वासीको सबैको स्वास्थ्य विमा गर्ने त्यसको लागी गाउँपालिकाले ५० % अनुदान दिने
४. रोजगार तथा उद्यम:-
- कृषि व्यवसायिकतामा जोड दिई प्रत्येक गाउँ एक उत्पादन कार्यक्रम ल्याई कम्तिमा (कृषि तथा पशुपालन) मा १००० युवालाई आकर्षित गर्ने सहुलियत ऋणको लागि कृषि सहकारी मार्फत अगाडी बढ्ने ।
- प्रत्येक वडामा ३ ओटा लघुउद्यम मार्फत १५ ओटा लघु उद्योग संञ्चालन गर्ने जस्तै वडा नं. १ मा दुग्ध उत्पादन प्रशोधन , आलु चिप्पस र पानी उद्योग वडा नं. २ टामटर सस उत्पादन, मसला उद्योग वडा नं. ३ मा धानको चिउरा तथा भुजा निर्माण गर्ने उद्योग वडा नं. ४ चिउरी साबुन तथा स्याम्पु उद्योग, भटमास उत्पादन वडा नं. ५ मा दाल उत्पादन तथा प्रशोधन र प्याकीङ्ग उद्योग
- वजारीकरणको निमित्त भत्काडाँ बजार र सकायलमा मिनिमार्ट संञ्चालन गर्ने ।
५. पर्यटन:-
- गन्यापताल (mini khapthad) लाई राष्ट्रिय स्तरको पर्यटकीय केन्द्र वनाउने जसको सहजताको लागि घोडा सयर, होम स्टे आदिको व्यवस्थापन गर्ने ।
- गन्यापधुरा ०५ मा रहेको लघु जलविधुरको आयोजना विस्तार गरी उक्त क्षेत्रमा पार्क सहित, ढुङ्गा सयरकै लागि ड्याम निर्माण गर्ने ।
- वडाल मेलालाई ३ दिन अगाडी बाटै प्रत्येक वर्ष महत्सव लगाएर स्थानीय उत्पादन कला संस्कृतीको संरक्षण गर्ने,राष्ट्रिय कलाकार सहितको प्रस्तुती राख्ने ।
- गन्यापधुरा १ को भत्काडा बजारमा प्रत्येक वर्ष दशैको अवसरमा राष्ट्रिय स्तरको देउडा प्रतियोगिता राख्ने ।
६. बन बातावरण:-
- महाभारत बन संरक्षणका लागि बृह्त योजना बनाउने उक्त क्षेत्रमा प्रत्येक्ष असर पर्ने वस्तीमा विजुली मार्फत चल्ने इन्डक्सन चुलो र ग्यास चुलो वितरण गर्ने ।
- सामुदयिक वन संरक्षण सहित सर्वद्धनमा कबुलियती बन मार्फत वस्ती व्यस्थापन गर्ने ।
- सल्ला प्रजातीको किकल्पमा सम्भावना हेरी कफि चिया खेती उत्पादनमा सामुदायिक वन मार्फत अगाडी बढाउने ।
७. खेलकुद तथा युवा:-
- फुटबल, क्रिकेट, भलिबल, कबडी लगायतको खेलमा राष्ट्रिय लेवलका खेलाडी उत्पादन रखेल सहित खेलाडीको लागि गाउँपालिकाले व्यहोर्ने
- प्रत्येक वर्ष प्रदेश स्तरीय खेलकुद आयोजना गर्ने ।
८. महिला हिंसा / किशोरी:-
- मातृ शिशु तथा किशोरी शिक्षालाई व्यापक अगाडी बढाउने ।
- प्रत्येक विद्यालयमा सेनिटरी प्याड उपलब्ध गराउने महिला हिंसा न्युनीकरणका लागि व्यापक योजना अगाडी बढाउने ।
- मापदण्ड निर्माण गरी प्रत्येक वर्ष १० दलित किशोरीको जिवन बिमा गर्ने ।
९. Digital सुचना केन्द्र तथा संचार:-
- प्रत्येक वडामा Digital सुचना बोर्ड निर्माण गर्ने र गाउँपालिका तथा वडाको वजेट सार्वजनिक गर्ने ।
- प्रदेश तथा जिल्लाबाट अनुदान, सहयोग आदिको लागि आएको सुचना निरन्तर प्रवह गर्ने ।
- गाउँपालिकाको अवस्था, GDP, गरिबी न्यूनीकरण एकल महिला, विद्यालय वाहिरका बच्चा वा समग्र स्थितिको अपलोड गरिने ।
- गाउँपालिको आफ्नै संञ्चार माध्यमको स्थापना गर्ने ।
- गाउँपालिकाको सुचना र पारदर्शिताका लागि Website निर्माण गरी चुस्त दुरूष्त राख्ने ।
१०.पूर्वाधार:-
- तटबन्ध, पुल, स्कुल, भवन, आवश्यकताका आधारमा टोल समिति संगको परामर्ष र सुझाव अनुसार आगाडी बढाउने
- गाउँपालिका केन्द्र सहित अतिआवश्यक क्षेत्र हेरी सडकको स्तरोन्नती गर्ने ।
- प्रत्येक ५ वडामा सभाहल निर्माण गर्ने ।
११. सामाजिक न्याय:-
- ५ वर्ष भित्र जातीय तथा लैङ्गिक विभेद मुक्त गाउँपालिका घोषणा सहित अगाडी बढाउने ।
- गाउँपालिकामा एक जना अघिबक्ता सहितको कानुनी ज्ञान र वकालतको व्यवस्था गर्ने ।
- आवश्यक ठाउँमा प्रहरी चौकी र बिट थप गर्ने ।
१२. पाँच ओटै वडामा विपद व्यवस्थापन कोष निर्माण गरी उक्त कोष निर्माण गर्ने
१३. गाउँपालिका बाट पाउने सेवा सुविधा एकमुष्ठ संकलन गरी अवको शिक्षा नामक छात्रवृति कोष निर्माण गर्ने र उक्त कोषबाट विभिन्न शिक्षा अभियान एवम् छात्रवृति उपलब्ध गराउने
१४. प्रत्येक वडामा इन्टरनेटको सहज पहुँच पुर्याउने ।
१५. अन्य योजनाहरू
- गाउँपालिका भरिका शिक्षकलाई एक ल्याप्टप र आधिकारी मोबाईल फोन उपलब्ध गराउने ।
- प्रत्येक वर्ष श्रमसिविर संञ्चालन गर्ने
- एक घर एक उद्यम मार्फत अवको ५ वर्षमा ८० प्रतिशत विदेशमा रहेका युवालाई गाउँ पर्काउने ।
- तराई तिरको अत्याधिक बसाईसराईले आएको समस्या रोक्न बृह्त योजना बनाउने
- मेरो गाउँ नामक एप्समार्फत गाउँ पालिकाका वैद्धिक व्यक्तित्व, पढाई, जागिर, सीप सिक्न बिभिन्न ठाउँ गएका युवाबाट हरेक बिषयमा सुझाव संकलन गर्ने । प्रत्येक १/१ वर्षमा प्रगती विवरण सार्वजनीक गर्ने र उक्त एप मार्फत सर्वपक्षिय अन्तक्रिया चलाउने ।
- जडिबुटी प्रशोधन केन्द्रको स्थापना गर्ने ।
- प्रत्येक वर्ष गाउँपालिका स्तरीय युथ आइडल संञ्चान गर्ने ।
- प्रत्येक वर्ष किसान सम्मेलन गरी न्यूनतम १० किसानलाई पुरूस्कृत गर्ने ।
टंक प्रसाद अवस्थी
गाउँपालिका अध्यक्ष पदको उमेदवार
गन्यापधुरा गाउँपालिक, डडेल्धुरा