नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको अवस्था परिवर्तनका लागि आफूहरू गठबन्धन बनाएर चुनावमा होमिएको बताएका छन्। सोमबार डोटिको दिपायल र जोरायलको चुनावी सभामा प्रचण्डले जनताको अवस्था परिवर्तन गर्न आफूहरू केन्द्रित भएको बताए।
उनले केपि ओलिको गठबन्उधनमा पुरातनबादि, मण्डले,राजाबादी,घोर प्रतिकृयावादी,दलालहरुको भएको तर यो गठबन्धन प्रतिगमन विरोधी, प्रतिक्रान्ति विरोधी, संविधान कुल्चने दुष्प्रयास गर्ने ‘ओली प्रवृत्ति’का विरुद्ध गठबन्धन बनेको पनि प्रस्ट पारे। देशका दलित, आदिवासी, जनजाति र महिला सबैले पाएको पहिचान उल्ट्याउने, गाउँ-गाउँमा पुगेको सिंहदरबारको अधिकारलाई फेरि फर्काएर काठमाडौं लैजाने षड्यन्त्र भएका कारण त्यसलाई परास्त गर्न गठबन्धन निर्माण भएको उनको तर्क थियो।
उनले संविधानको रक्षा गर्ने, गणतन्त्रको रक्षा गर्ने, देशमा समाजवादको आधार तयार पार्ने, समाजवाद उन्मुख संविधान कार्यान्वयन गर्ने गठबन्धनको मूल उद्देश्य भएको पनि स्पष्ट पारे।
‘प्रचण्ड’ले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई अग्रगमन र पश्चगमनबीचको संघर्षको बताएका छन् । उनले आफ्नो पार्टीको निर्वाचन चिह्न र गठबन्धनका उम्मेदवारको चुनाव चिह्नमा मतदान गर्न आग्रह गर्दै यस निर्वाचनलाई सामान्य निर्वाचनका रुपमा मात्रै नलिन आग्रह गरेका हुन् ।
अध्यक्ष दाहालले आफूहरूले खोजेको संघीयता, समावेशी, समानुपातिक प्रतिनिधित्व र सामाजिक न्याय अझ पनि जनताले अनुभूति गर्न नसकेको उल्लेख गर्दै अध्यक्ष दाहालले स्थानीय तहलाई अधिकार सम्पन्न तुल्याउँदै स्थानीय विशेषतामा आधारित विकास, स्वास्थ्य, शिक्षा र रोजगारीको सुनिश्चिततामार्फत सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने चुनौती हाम्रा सामु रहेको बताए ।
कृषिमा अनुदानमार्फत् उत्पादन, किसान पेन्सन, औद्योगिकीकरण तथा ग्रामीण आत्मनिर्भर अर्थतन्त्रबाट रोजगारी, सबैखाले शोषण र विभेद्को अन्त्य, विदेशमा रगत–पसिना चुहाउने अवस्था नहटाइ साँचो अर्थमा लोकतन्त्रको अनुभूति जनताले गर्न नसक्ने अध्यक्ष दाहालको भनाइ छ ।
प्रचण्डले आफु प्रधानमन्त्री भएको बेला खुटिया दिपायल फास्ट्रयाक,खप्तड पर्यटन विकाश,पश्चिम सेति आयोजना लगायातका महत्वपुर्ण विकाशका आयोजनाको सुरुवात गरेको बताए। गठबन्धनका सम्पुर्ण उम्मेदबार लाई बिजयी गराउन अपिल गर्दै ऊनिहरुको बिजय उत्सवमा कुनै न कुनै नयां कुरा लिएर तपाईहरु माझ उपस्थित हुने बताय।
कार्यक्रममा संधिय सरकारका पर्यटन मन्त्री प्रेम आले,सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतको उपस्थित रहेको थियो।