आगामी आर्थिक वर्षका लागि सार्वजनिक भएको बजेटमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन भएको छ ।
त्यस्तै बजेट स्रोतका रूपमा राजस्व १२ खर्ब ४० अर्ब ११ करोड संकलन गर्ने लक्ष्य सरकारले लिएको छ । २ खर्ब ५६ आन्तरिक ऋण उठाउनेछ भने ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने छ । त्यसपछि बाँकी स्रोत पूर्तिका लागि २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ वैदेशिक ऋण लिइने अर्थमन्त्री शर्माले बताए ।
यो बजेट कार्यान्वयनबाट आगामी आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने उनले बताएका छन् । मुद्रा स्फितिलाई ७ प्रतिशतमा सीमित राख्ने गरी माैद्रिक नीति आउने लक्ष्य सरकारले राखेकाे छ ।
हेर्नुहाेस् पूर्णपाठ