डडेल्धुराको आलिताल गाउँपालिकाले ४६ करोड ६४ लाख १८ हजारको बजेट प्रस्ताव गरेको छ। शुक्रबार गााऊँपालिकाले आर्थीक बर्ष २०७९÷८० को नीति कार्यक्रम तथा बजेट सार्वजनिकरण कार्यक्रममा सो बजेट पेश गरेको हो ।
नीति तथा कार्यक्रमको लक्ष्य ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र उद्योग, आत्मनिर्भर आलिताल भन्ने नारालाई साकार पार्ने भनियको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष शेर सिंह पार्किले निर्वाचनको समयमा गरिएका चुनावी बाचा पुरा गर्ने संङ्कल्प सहित नीति तथा कार्यक्रम प्रस्तुत गरिएको बताय ।
नीति तथा कार्यक्रममा युवा स्वरोजगारका लागि आलिताल गाउँपालिकाले स्वास्थ्य, कृषि, पूर्वाधार, शिक्षालगायतका क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको बतायका हुन । गाउँपालिकाको १२औँ गाउँसभा तथा बजेट अधिवेशनमा गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपाध्यक्ष मैना कुमारि रावल (बोहरा) ले आर्थीक बर्ष २०७९÷८० को लागि बजेट प्रस्तुत गरेकि थिईन।
आलिताल गाउँपालिकाले वडा न. १ लाई चालु तर्फ ६ लाख छुट्याएको छ भने पुजिगत तर्फ ४६ लाख ९० हजार बिनियोजन गरेको छ । तेस्तै वडा न. २ मा ६ लाख चालु तर्फ र ४७ लाख ३० हजार बिनियोजन गरेको छ ।वडा न. ३ मा चालुमा ६ लाख छभने पुजिगतमा ४७ लाख पचास हजार रहेको छ तेस्तै वडा न. ४ मा चालु तर्फ ६ लाख छभने पुजिगतमा ४५ लाख ८४ हजार बिनियोजन गरेको छ । वडा न.५ मा पनि चालु तर्फ ६ लाख छ भने पुजिगत तर्फ ४५ लाख ५० हजार दिईएको छ , तेस्तै वडा न. ६ मा चालु तर्फ ६ लाख छभने पुजिगत तर्फ ४६ लाख ५० हजार छुट्याइएको छ । तेस्तै वडा न. ७ मा चालु तर्फ ६ लाख छभने पुजिगत तर्फ ४६ लाख ७० हजार छुट्याइएको छ । तेस्तै वडा न. ८ मा पनि चालु तर्फ ६ लाख छुट्याइएको छ भने पुजिगत तर्फ ४७ लाख ५० हजार वितरण गरिएको छ ।