जिल्ला प्रशासन कार्यालय डडेल्धुरा,जिल्ला प्रहरी कार्यालय डडेल्धुरा,खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय,नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको संयुक्त बजार अनुगमन टोलिले जिल्लाका विभिन्न स्थानहरूमा बजार अनुगमन तथा निरीक्षण गरेका छन । शनिबार जिल्लाको गन्यापधुरा गाउँपालिका अन्तर्गत वडा नम्बर ३ /५ तथा अमरगढी नगरपालिकाको स्याउले बजारका विभिन्न व्यबसायिक खाद्य फर्महरुमा अनुगमन तथा निरीक्षण गरेको हो।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत हेम प्रकाश ढकाल,प्रहरी निरीक्षक ,गणेश दत्त जोशी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख गणेश दत्त जोशी ,नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखा कार्यसमिति सदस्य भीम दाहाल लगायतको संयुक्त टोलिले बजार अनुगमन गरेका थिए।
अनुगमनका क्रममा विभिन्न फर्म मध्य २१ वटा व्यवसायिक फर्ममा कुहिएका,सडेगलेका,उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थहरु नष्ट गरेको छ। खासगरी किराना पसल तथा होटेलहरुमा सडेगलेका म्याद समाप्त भएका बिस्कुट,मिठाइ,चियापत्ती,सोयबिन,चिउरा,चाउचाउ,चाउमिन,पाउरोटी ,चक्लेट लगायतका २४ हजार बराबरको अखाद्य बस्तु बरामद गरि नष्ट गरिएको र केही फर्महरुलाइ सचेतिकरण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डडेल्धुराका प्रमुख गणेश दत्त जोशीले बताए।