तेजबहादुर डुम्रेल डाेटि
खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति र उद्योग बाणिज्य संघ डोटीको संयुक्त आयोजनामा खप्तड बाबा,खप्तडको विकास र प्रचारको बारेमा महत्वपूर्ण छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भई नौ बुदे घोषणा जारी भएको छ । अन्तरक्रिया कार्यक्रममा डोटी जिल्लाबाट दिपायल सिलगढी नगरपालिकाबाट प्रमुख र उपप्रमुख, शिखर नगरपालिकाका प्रमुख र उपप्रमुख, पूर्वीचौकी गाँऊपालिकाका अध्यक्ष, केआसिंह गाँऊ पालिकाका अध्यक्ष, आदर्श गाँऊ पालिकाका अध्यक्ष, जिल्ला समन्वय समिति डोटीका उपप्रमुख, सायल गाँउपालिकाका उपाध्यक्ष, बडा अध्यक्ष तथा वडा सदस्य लगायत खप्तड राष्ट्रिय निकुञ्ज प्रमुख सहभागीता थियो ।
बाजुरा जिल्लाबाट खप्तड छेडेदह गाँऊपालिका अध्यक्ष,खप्तड राष्ट्रिय निकुञ्जका प्रमुख तथा कर्मचारीहरु, शैलेश्वरी संरक्षण समिति डोटीका अध्यक्ष,चेम्बर अफ कमर्स डोटीका महासचिव र सचिव खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका प्रमुख,कर्मचारीहरु, उद्योग बाणिज्य संघ डोटीका अध्यक्ष,प्रतिनिधिहरु, पर्यटन व्यवसायी, पत्रकार, नागरिक समाजका प्रतिधिनिहरु, कार्यालय प्रमुखहरुको सहभागीता रहेको थियो ।
कार्यक्रम खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका काम, कर्तव्य र अधिकार, हालसम्म गरेका कार्यहरु र दीर्घकालिन रणनीतिक पर्यटन योजनाले औल्याएका विषयहरु, समितिका आगामी योजनाहरुको बारेमा खप्तड पर्यटनका कार्यालय प्रमुख भिम खड्काले बिशेष प्रतिवेदन प्रस्तुत गरेका थिय । प्रस्तुतिपछि खुला छलफल गरिएको थियो । खुला छलफल तथा अन्तरक्रियामा विभिन्न सहभागीहरुले आफ्ना महत्त्वपूर्ण सुझाव तथा भनाईहरु राखेका थिय । नयाँ निर्वाचित जनप्रतिनिधिहरुसँग खप्तडको विषयमा अन्तरक्रिया तथा छलफल गरेको यो पहिलो पटक हो ।
कार्यक्रममा सहभागी नगरपालिकाका प्रमुख र गाँऊपालिका अध्यक्ष तथा अन्य जनप्रतिनिधिहरुले खप्तडको पर्यटन पूर्वाधार र विकासका लागि आ आफ्नो ठाँऊबाट सहयोग गर्न मौखिक र लिखित रुपमा प्रतिबद्धता जनायका छन । राज्यको तर्फबाट खप्तड ओझेलमा परेको विषयलाई सहभागीहरुले गम्भिर रुपमा छलफल गरेका थिय। यसका साथै खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिलाई आगामी दिनमा गर्नुपर्ने कार्यहरुका लागि विभिन्न सुझाव तथा सल्लाहहरु प्राप्त भएका छन् । लिखित प्रतिवद्धता तल उल्लेखित छ ।