धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) डडेल्धुराले भ्रष्टाचारको आरोपमा आलिताल ३ का एक जना सामुदायिक वनका अध्यक्षलाई कालोमोसो दलेका छ ।
जिल्लाको आलिताल गाउँपालिका वडा नं ३ तुङ्गामा रहेको समैजि कैलास सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष सर्वजित मडैलाई नेकपा डडेल्धुराले कालो मोसो दलेको हो।
उनलाई कृते कागज गरी समुदायिक वन उपभोक्ता समिती र सब डिभिजन वन कार्यालय आलिताललाई छलेर, सामुदायिक वनको खातामा रहेको करिब २२ लाख रुपैयाँ निकासा गरेर भ्रष्टाचार गरेको स्थानियले बताए पछि नेकपा डडेल्धुराले कार्वाहीको रुपमा कालोमोसो लगाएको हो । मडैलाई पटकपटक सचेत गराउँदापानि नमानेकाले सो कार्बाहि गरियको नेकापा द्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख गरियको छ। निजले पटक पटक बनको हिसाब माग्दा पनि अटेरी गरेपछि हिजो मडैलाई छलफलका लागि बन कार्यलय पुर्याइएको थियो । छलफल पछि मडैले आफ्नो गल्ती स्विकार गरेको बताइएको छ।