मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सेनाले समाज रुपान्तरणको लागि समाजवाद क्रान्ति आवश्यक रहको बताएका छन्। १५ वर्षपछि नेकपा माओवादी केन्द्र जुम्लाले पहिलो पटक आयोजना गरेको आधारभुत मार्क्सवादी स्कुलिङ कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन्। माओवादीनै देश र जनताको समृद्धि चाहने पाटी भएकोले नयाँ ढंगलले अगाडि बढ्नु पर्ने उनले बताए। अबको क्रान्ति समाजवादको लागि भएको उनले बताए।
समाज रुपान्तरण गर्न माओवादीले नै सक्ने अध्यक्ष तिमिल्सेनाले दाबी गरे। उनले भने, “यो समय वैचारिक र सैद्धान्तिक हिसावको हो। सबैलाई वैज्ञानिक समाजवादको मुख्य लक्ष्य लिएर अगाडि बढ्न आग्रह गरे। उनले भने,’देशभर जति राजनीतिक मुद्धा छन ति सबै माओदीले उठाएका मुद्धा हुन्। यसको पूर्ण रुपमा कार्यान्वय तर्फ लैजानका लागि सिंगो माओवादी लाग्नु पर्ने बताए।
त्यस्तै मार्क्सवादी ज्ञान केन्द्र कर्णाली प्रदेशका सचिव जयशंकर धितालले माओवादी केन्द्रले समाज रुपान्तरणका लागि वैचारिक युद्धको सुरुवात गर्न नसकेको बताए। उनले संघगठनहरु लाल विचारका हुन जरुरी रहेको बताए।
त्यस्तै पूर्व राज्यमन्त्री तथा माओवादी केन्द्रकी केन्द्रीय सदस्य गोमा कुंवरले प्रशिक्षणबाट सबैको विचार एक ढिक्का हुने बताइन्। उनले मार्क्सवादी ज्ञान केन्द्रले खाली दिमागलाई वैभारीक ज्ञान दिन महत्वपूर्ण ज्ञान दिने बताइन्।
त्यस्तै तातोपानी गाउँपालिकाका पूर्वअध्यक्ष नवराज न्यौपानेले मार्क्सवादी ज्ञान केन्द्रले दिएको आधारभुत माक्र्सवादी स्कुलिङ कार्यक्रमले जनयुद्धको झल्को स्मारण गराएको बताए। सहभागीको तर्फबाट बोल्दै उनले माओबादीले युद्धमा गरेका धेरै कुरा बिर्सेको बताए। उनले भने, ‘यस्ता कार्यक्रम पटकपटक हुन जरुरी छ।
माक्र्सवादी स्कुलिङ कार्यक्रममा केन्द्रीय अध्यक्ष मनहरि तिमिल्सिना,माओवादी केन्द्रका बाग्मती प्रदेश सचिवालय सदस्य महेश्वर फुँयाल, महासचिव इन्द्रराज भट्टराई,सचिव हुमानाथ न्यौपाने, कर्णाली प्रदेश अध्यक्ष रेशम कुमार अधिकारी सहितको टोली जुम्लामा पुगेको थियो। जुम्ला जिल्लामा ३ दिन सञ्चालित माक्र्सवादी स्कुलिङ कार्यक्रममा १ सय ३२ जनाको सहभागीता रहेको थियो।